बाबुराम भट्टराईले ८९ वर्षीय आफ्ना पिताको हातबाट दसैंको टीका ग्रहण

  नयाँ बुलन्द  152 पटक हेरिएको

काठमाडौं : नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले ८९ वर्षीय आफ्ना पिता भोजप्रसाद भट्टराईका हातबाट दसैंको टीका ग्रहण गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले शुक्रबार बिहान शुभसाइतमै पिताको हातबाट टीका लगाएर आर्शीवाद ग्रहण गरेको तस्बिरसँगै परिवारको तस्बिर पनि सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।

उनले तस्बिरसँगै पिताबाट टीका र आर्शीवाद लिएर परिवारजनसँग भेटघाट गर्न पाउँदा खुशी र गर्व अनुभूति भएको उल्लेख गरेसँगै दसैंलाई आफन्तजनसँग भेटघाट गर्ने र सुखदुःख साट्ने पर्वको रुपमा चर्चा गरेका छन् ।

अन्त्यमा उनले सबैमा सुख शान्ति र समृद्धि ल्याओस् भन्दै सम्पूर्ण नेपालीहरुलाई शुभकामना समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार