माइमझुवामा सेमिफाइनलका २ खेलहरु सम्पन्न

  बिबिसी हाम्खिम
0 Shares

सन्दकपुर : माइमझुवामा जारी फुटबल खेलमा शान्तीडाडा फुटबल क्लब र जमुना सुनाखरी क्लब,बिजयी ।
इलामको सन्दकपुर गाउपालिका-२ स्थित माइमझुवामा जारी खुल्ला नकाउट पुरुष फुटबल खेल प्रतियोगितामा आज सेमिफाइनलका २ खेलहरु सम्पन्न भएका छन्। आज भएको खेलमा शान्तिडाडा एफ,सी र जमुना सुनाखरी क्लब बिजयी भइ फाइनलमा प्रवेश गरेको छ।
पहिलो खेलमा सनराइज स्पोर्टिङ क्लब र सुनाखरी जमुना क्लब बीच भएको खेलमा खेलको पहिलो हाफको शुरूवातको २ मिनेटमै जर्सी नम्बर ११ का दिशान्त राइले १ गोल गरेका थिए। त्यस्तै सनराइज स्पोर्टिङ क्लबकै खेलको दोस्रो हाफको ६ मिनेटमै जर्सी नम्बर १० का अबिसेक गुरुङ्ले १ गोल गर्दै खेललाइ बराबरी मा रोकेका थिए। जमुना सुनाखरी फुटबल क्लबका जर्सी नम्बर १० का केशव गुरुङले खेलको पहिलो हाफको ४ मिनेटमै जवाफी १ गोल फर्काउन सफल भएका थिए। खेलको पहिलो हाफकै ७ मिनेटमा जमुना सुनाखरी फुटबल क्लबकै जर्सी नम्बर १७ का कुमार खाम्दाकले १ गोल गरे। निर्धारित पहिलो हाफ ३०मिनेट र दोस्रो हाफ ३० मिनेट समयको खेलमा दुईटै टिमबाट बराबरी गोल गरेपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो। ट्राइब्रेकरमा सनराइज स्पोर्टिङ क्लबको तर्फबाट २ वटा प्रहारले मात्र सहि दिशा लिन सफल भएको थियो, २ वटा प्रहारले भने सहि दिशा लिन भने सकेन ।गतसालको बिजेता अर्थात डिफेन्डिङ च्याम्पियन जमुना सुनाखरी फुटबल क्लबको भने ४ वटा प्रहारले सहि दिशा लिन सफल हुदै फाइनल भिडान्तको पक्का गरेको छ। जमुना सुनाखरी क्ल्बलाइ भने यस प्रतियोगिताको दाबेदार टिमका रूपमा लिने गरेका छन् । सुनाखारी जमुना टिममा भने रास्ट्र र अन्तरास्ट्र जगतमा ख्याती कमाएका छिरिङ गुरुङले समेत आजबाट यस प्रतियोगितामा सहभागिता जनाइरहेका छ्न। प्रतियोगितामा सेमिफाइनल अन्तरगत आज भएको दोस्रो खेलमा शान्तिडाडा एफ,सी,ले पाचथर रानिटार फुटबल क्लबलाइ खेलको पहिलो हाफको सातौ मिनेटमा १ गोल र खेलको दोस्रो हाफको आठौं मिनेटमा १ गोल र दोस्रो हाफकै सत्रौ मिनेटमा १ गोल गर्दै जर्सी नम्बर १० का युवराज राइले जम्मा ३ गोल गर्दै ह्याटि्रक पूरा गरेका थिए । शान्तिडाडा एफ,सी,कै जर्सी नम्बर ११ का सुनिल राइले खेलको पहिलो हाफको सोह्रौ मिनेटमा १ गोल गर्न सफल भएका थिए। खेलको दोस्रो हाफको चौधौं मिनेटमा जर्सी न,४ का सुमन राइले १ गोल गर्दै पाचथर रानिटार टिमलाई हराउदै फाइनल खेलको भिडान्तको लागि स्थान पक्का गर्दै उपाधी जित्ने दाउमा रहेको छ। पाचथर रानिटार एफ,सी,ले भने शान्तिडाडा एफ,सी का गोलरक्षकले डि रेखा बाहिर बल समाएपछि पाएको फ्री किकको सदुपयोग गर्दै खेलको दोस्रो हाफको चौधौं मिनेटमा जर्सी न, २२ का उमेश गुरुङले जवाफी १ गोल गर्दै जाली चुम्न सफल भएका थिए।
प्रतियोगिता अन्तर्गत फाइनल खेल शान्तिडाडा एफ,सी र सुनाखरी जमुना एफ,सी बिच उपाधी होडबाजीका लागि भोलि फाइनल भिडान्त हुनेछ। साथै विभिन्न सास्कृतिक मनोरञ्जनात्मक कार्यक्रम गरिने पनि आयोजकका उपाध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो।
स्थानीय छिन्तापु स्पोर्टिङ क्लबको आयोजनामा संचालित प्रतियोगिताको बिजेताले नगद रु ६१हजार र उपबिजेताले रु ३०हजार सहित मेडल र प्रमाणपत्र पाउनेछन् ।
त्यस्तै हाइस्कोरले फुटबल र मेडल बेस्टप्लेयरलाइ ट्रफी र मेडल बेस्टडिफेन्डरलाई
फुटबल र मेडल तथा बेस्ट्किपरलाई ग्लोब्स र मेडलसहित प्रमाणपत्र प्रदान गरिने आयोजकका अध्यक्ष मोहन गुरुङले बताएका छ्न।प्रतियोगितामा ईलाम र पाँचथरका ३२ टिमको सहभागिता रहेको छ। स्थानीय श्याम्बल माध्यमिक बिधालयको खेलमैदानमा जारी प्रतियोगिताको फाइनल खेल भोलि कात्तिक २ गते बिजयदशमीको दिन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार