मिनि एभरेष्ट गोल्डकप फुटबल प्रतियोगितामा आयोजक नै बिजयी

  नयाँ बुलन्द  419 पटक हेरिएको

गोलाखर्क : इलामको गोलाखर्कमा मंगलबार सम्पन्न मिनि एभरेष्ट गोल्डकप फुटबल प्रतियोगिताको उपाधी आयोजक टिम माउन्ट एभरेष्ट फुटबल क्लब गोलाखर्कले हात पारेको छ । उपाधीसँगै नगद २५ हजार र ट्रफि जितेको छ ।

फुलपातीको अवसर पारेर सम्पन्न फाइनल खेलमा टुडिखेल फुटबल क्लबलाई १-२ को गोल अन्तरले हराउँदै माउन्ट एभरेष्टले उपाधी जितेको हो । उपविजेता टुडिखेल फुटबल क्लबले नगद १५ हजार र ट्रफी जितेको छ । प्रतिष्पर्धात्क खेलमा माउन्ट एभरेष्ट को तर्फ बाट प्रदिप बिष्ट र राम चन्द्र कार्कीले १-१ गोल गरेका थिए भने टुडिखेल फुटबल क्लबको तर्फ बाट युवराजले १ गोल गरेका थिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी टुडिखेल फुटबल क्लबका प्रीकेस लिम्बु बने उत्कृष्ट फर्डवर्ड माउन्ट एभरेष्ट फुटबल क्लबका रुपेस बिष्ट भए भने उत्कृष्ट गोल किप्पर सोही टिमका मोहित सिवा बने । त्यसै गरि बिस्ट ढुवानिका नारायन राई उत्कृष्ट डिफेन्स घोषित भए भने माउन्ट एभरेष्ट फुटबल क्लबका प्रदिप बिष्ट सर्बाधिक गोलकर्ता बन्ने पुगे ।

फुलपाती विशेष::–

फुलपातिको अवसमा फुटबलका साथसाथै विभिन्न कार्यक्रम समेत भएको थियो जस्मा पिलो फाईट तर्फ शेखर बिष्ट प्रथम भए भने हाडी शेर बहादुर शिवाले फुटाएका थिए बाँसमा तेल लगाएर बाँसको टुप्पोमा रखिएको भाले सरोज शिवाले झिक्न सफल बनेको माउन्ट एभरेष्ट फुटबल क्लबका सचिब राम चन्द्र कार्कीले जान्कारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार