माइमझुवामा एकैदिन चार खेल सम्पन्न

  बिबिसी हाम्खिम  204 पटक हेरिएको

इलाम :  इलामको सन्दकपुर गाउपालिका-२ स्थित माइमझुवामा जारी खुल्ला नकाउट पुरुष फुटबल खेल प्रतियोगितामा मङ्गलबार पनि ४ खेलहरु सम्पन्न भएका छन्। मङ्गलबार भएको खेलमा देउराली स्पोर्टिङ क्लब,रानिटार पाचथर एफ.सी जमुना आयोजक बिजयी भइ क्वाटर फाइनलमा प्रवेश गरेको छ।
पहिलो खेलमा देउराली स्पोर्टिङ क्लब र माइपताल एफ. सी बीच भएको खेलमा निर्धारित समयमा गोलरहित भएपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो। ट्राइब्रेकरमा देउराली स्पोर्टिङ क्लबले माइपताल एफ.सी. लाई १ का विरुद्ध ४ गोल गर्दै बिजयी बन्यो।दोस्रो खेलमा रानिटार पाचथरले दोस्रो हाफमा आर आर सि प्याङ एफ.सी,लाई १ गोल गर्दै जित आफ्नो पोल्टामा पारेको छ। तेस्रो खेलमा सुनाखरी जमुना एफ,सी सङ्ग भएको खेलमा यल्लो सेभेनले दोस्रो हाफमा ० का विरुद्ध ३ गोलको हार ब्योहोर्नु परेको छ। चौथो खेलमा आयोजकले पहिलो हाफमा जर्सी नम्बर १० का राजन गुरुङले १गोल गरेको थियो दोस्रो हाफमा पुन २ गोल ह्याट्रीक गर्दै आफ्नो टिमलाइ जित दिलाए।
प्रतियोगिता अन्तर्गत भोलि हुने क्वाटर फाइनलका पहिलो खेलमा सनराइज स्पोर्टिङ क्लब र गिताङ एफ,सी
दोस्रो खेलमा बुद्धटोल माबु एफ,सी र शान्तिडाडा एफ,सी,
तेस्रो खेलमा देउराली स्पोर्टिङ क्लब र सुनाखरी जमुना एफ सी
चौथो खेलमा रानिटार पाचथर एफ,सी तथा आयोजक बिच प्रतिस्पर्धा हुने आयोजकका कोषाध्यक्ष बेनुप गुरुङले जानकारी दिए। स्थानीय छिन्तापु स्पोर्टिङ क्लबको आयोजनामा संचालित प्रतियोगिताको बिजेताले नगद रु ६१हजार र उपबिजेताले रु ३०हजार सहित मेडल र प्रमाणपत्र पाउनेछन् ।
त्यस्तै हाइस्कोरले फुटबल र मेडल बेस्टप्लेयरलाइ ट्रफी र मेडल बेस्टडिफेन्डरलाई
फुटबल र मेडल तथा बेस्ट्किपरलाई ग्लोब्स र मेडलसहित प्रमाणपत्र प्रदान गरिने आयोजकका अध्यक्ष मोहन गुरुङले नयाँ बुलन्द डटकमसङ्ग बताएका छ्न।प्रतियोगितामा ईलाम र पाँचथरका ३२ टिमको सहभागिता रहेको छ। स्थानीय श्याम्बल माध्यमिक बिधालयको खेलमैदानमा जारी प्रतियोगिताको फाइनल खेल आगामी कात्तिक २ गते बिजयदशमीको दिन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार