पत्रकारहरुको शुभकामना आदान प्रदान

इलाम : सधै अरुको बिषयमा समाचार लेखीरहने संचारकमीहरुले आज आफैमा सुचना आदान प्रदानको कार्यक्रम संचालन गरेका छन् ।

नेपालीहरुको महान चाड दशै तिहार छठ लगायतको अवसरमा  रेडियो बुद्धबाणी र स्थानीय सन्देशको आयोजनामा फिक्कलमा भएको कार्यक्रममा इलामका पूर्वमा क्रियाशिल रहेका दुइदर्जन जति पत्रकारहरुको सहभागिता रहेकाे थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ इलाम शाखाका सल्लाहकार तथा अग्रज पत्रकार प्रभाकर प्रधानले करिव चालिसको दशकमा आफुले भोगेको अनुभव र अहिलेको पुस्तामा आएको प्रबिधिको बिकासको बारेमा अनुभव प्रस्तुत गरेका थिए भने पत्रकार हरि प्रसाद लुइटेलले पत्रकारीतामा आउने पुस्तामा अध्यनशिल बन्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा रेडियाे फिक्कलका राजकुमार दाहाल , नयँ बुलन्द डटकमका  गोबिन्द पौडेल,  पत्रकार  गोपाल निरौला, जीवन शर्मा लगायतले  आआफ्नो बिचार राखेका थिए ।

कार्यक्रम रेडियो बुद्धबाणीका प्रबन्ध निदेशक दिनेश महतको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार