बडा दशैको अवसरमा इलाम जिल्ला भरि नै फूटबल

  नयाँ बुलन्द  237 पटक हेरिएको

     
इलाम : बडादशैँको अवसरमा इलाम जिल्ला भरिनै साना ठूला पूmटबल प्रतियोगिताहरु सञ्चालन भइरहेका  छन् ।
ती प्रतियोगिताहरुमध्ये कुनै प्रतियोगिता पूmलपातीका दिन सकिए भने कुनै प्रतियोगिता दशैँपछि सम्पन्न हुनेछन् ।  दशैँकै अवसरमा इलाम जिल्लामा पूmटबल प्रतियोगिता सञ्चालन भइरहेको छ । जिल्लाको सदरमुकाम इलाम नगरपालिका ७ को ठूलो टुँडिखेलमा, माङ्सेबुङ गाउँपालिका २ को इभाङमा, माई नगरपालिकाको दानाबारीमा, माईजोगमाइ ३ को नामसालिङ र १ को नयाँबजारमा, सूर्योदय नगरपालिका १ को गोर्खे, ४ को श्रीअन्तु, ५ को समाल्बुङ, ११ को करफोकमा, फाकफोकथुम गाँउपालिका २ को फाकफोक, ३ को आमचोकमा, सन्दकपुर गाउँपालिका ३ को देउरालीलगायतका स्थानमा पूmटबल प्रतियोगिता सञ्चालन भइरहेका छन् ।
केही स्थानमा दशैँकै अवसरमा पहिले सञ्चालन हुने गरेका प्रतियोगिताको निरन्तरता हो भने केही स्थानमा गाँउका स्थानीय यूवाहरु मिलेर दशैँलाई रमाइलो बनाउनका लागि फूटबल आयोजना गरेका हुन् ।
सन्दकपुर गाँउपालिकाको जमुनामा लाग्ने कागे मेलामा पनि शुभ दीपावली कप कागे नकआउट पूmटबल प्रतियोगिता आगामी कात्तिक १२ गतेदेखि २० गतेसम्म हुने भएको छ । प्रत्येक वर्ष सञ्चालन हुने यो प्रतियोगितामा नेपाल र भारततर्पmका तीन दर्जनको हाराहारीमा फुटबल टीमहरुले सहभागिता जनाउने गरेका छन् । इलामको एकतप्पामा पनि दशै सकिने बित्तिकै शुरु भएर भाइटिकाको दिन सम्पन्न हुन्छ । यस प्रतियोगिताका लागि इलाम, पाँचथर, ताप्लेजुङ, झापा, दमक, सुनसरीबाट टिमहरु सहभागी हुन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार