गाडी नियन्त्रण गुमाएर दुर्घटना

रुकुम (पश्चिम) : रुकुम पश्चिम, मुसिकोट नगरपालिका–१, सल्लेमा गाडी दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्लेका ९ वर्षीय प्रयास बिसी रहेका छन् ।

सल्लेबाट धुनका लागि मूलखोला आउँदै गरेको बा३ख ७४६१ नम्बरको गाडी नियन्त्रण गुमाएर सडकभन्दा झन्डै १५० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका बिसीको उपचारकाक्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

दुर्घटनामा परी अन्य दुईजना घाइते भएका छन् । घाइते हुनेमा सल्लेका ८ वर्षीय जेनिस बिसी र नाम नखुलेका गाडी चालक छन् ।

जेनिसको अवस्था गम्भीर रहेको छ भने गाडी चालकको पहिचान हुन नसकेको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

गाडीले सडकमा खेलिरहेका प्रयास र जेनिसलाई कुल्चिएको प्रहरीले जनाएको छ ।

सो गाडी मंगलबार दिउँसो दुर्घटनामा परेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार