चुलाचुलीमा अखिलको शुभकामना आदानप्रदान तथा चियापान

चुलाचुली : अनेरास्ववियू चुलाचुलीले आइतबार वडा दशैँको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

अनेरास्ववियु चुलाचुली अध्यक्ष तथा अनेरास्ववियु इलाम जिल्ला सदस्य निशेष राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा चुलाचुली गाउँपालिकाका कार्यकारी अधिकृत काजिमान राई, चुलाचुलीमा क्रियशिल राजनीतिक दलका प्रतिनिधी, विद्यार्थी संगठनका नेता, गाँउपालिका शिक्षा प्रमुख लगातको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बडा दशैँको शुभकामना दिदैँ गाँपालीका अध्यक्ष राईले शिक्षा क्षेत्रको बिकाशकालागि विद्यार्थी संगनको भूमिका निकै महत्वपूर्ण रहेको बताए । विद्यार्थी संगठनहरु संग सधै आफूहरु सहकार्य गर्दै अगाडी बढ्न तयार रहेको बताए ।

कार्यक्रमको बारेमा प्रकाश पार्दै अनेरास्ववियु चुलाचुली ईन्चार्ज सन्जय राईले यो कार्यक्रम आपसी रुपमा सद्भाव र भातृत्वताका लागी आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा बोल्ने अधिकाशं बक्ताहरुले शैक्षिक क्षेत्रको परिवर्तनका लागी सम्पूर्ण विद्यार्थी संगठनहरु एक भएर हिड्नुको बिकल्प नरहेको बताएका थिए ।

कार्यक्रम चुलाचुली गाँउपालीकाको सभाहलमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार