रेडस्टार गोल्डकप : आयोजकको विजयी सुरुआत

आइतबार तीन खेल हुने

इभाङ : इलामको माङसेबुङ २ इभाङमा दोश्रो रेडस्टार गोल्डकप फूटबल प्रतियोगिता सुरु भएको छ । स्थानीय इभाङ माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको प्रतियोगितामा आयोजक रेडस्टार क्लबले विजयी सुरुआत गरेको छ ।

शनिबारको उद्घाटन खेलमा पाहुना टोली भुलभुले क्लब ‘बी’ माथि २–१ को कठिन जित दर्ता गर्दै आयोजक रेडस्टार अघिल्लो चरण प्रवेश गरेको हो । जितका लागि आयोजक रेडस्टारका बालकृष्ण बस्नेत र पर्शन लिम्बूले एक एक गोलको योगदान गरेका थिए । उता भुलभुलेका तर्फबाट भने प्रशन नेम्बाङले सान्तवना गोल फर्काएका थिए ।

प्रतियोगिता अन्तरगत आईतबार तीन खेलहरु सञ्चालन हुनेछन् । पहिलो खेलमा माँलबाँसे फूटबल क्लब र भोटोडाँडा फूटबल क्लब, दोश्रो खेलमा फिँजरा फूटबल क्लब र जेवाइसी फूटबल क्लबबीच आमनेसामने हुनेछन् । त्यस्तै तेश्रो तथा अन्तिम खेलमा सुनुयुमा इभाङ र नाङरुङ फूटबल क्लबबीच प्रष्पिर्धा हुने आयोजक रेडस्टार क्लबका सचिव टंक लिम्बूले नयाँ बुलन्द डटकमलाई जानकारी दिए ।

रेडस्टार क्लब माङसेबुङ २ इभाङको आयोजनामा सुरु भएको प्रतियोगिताको फाइनल ५ कात्तिकमा हुनेछ । प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न २२ फूटबल टिमको सहभागिता रहेको छ । विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिताको उद्घाटन २ नम्बर वडा अध्यक्ष पुष्पराज कार्कीले गरेका थिए । रेडस्टारले गतवर्षदेखि रेडस्टार गोल्डकप फूटबल प्रतियोगिता सुरु गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार