इलाममा फोटोग्रफी र भिडियोग्रफी बेसिक वोर्कसप सम्पन्न

  नयाँ बुलन्द  83 पटक हेरिएको

इलाम : इलाम सदरमुकाममा ७ दिने फोटोग्राफी तालिम सम्पन्न भएको छ । शिखर प्रोडक्सन हाउसको आयोजनामा भएको फोटोग्रफी र भिडियोग्रफी बेसिक वोर्कसप अाज सम्पन्न भएको हो ।

सात दिन सम्म चलेको तालिममा भिडियो तथा फोटो सम्बन्धी आधारभुत कुराहरुको प्रशिक्षण दिईएको थियो । गत आसोज २१ देखी २७ गते सम्मा चलेको तालिममा जिल्लाका बिभिन्न स्थान बाट १२ जना सहभगी रहेको थियो ।

तालिममा प्रबिन श्रेष्ठ , शिखर डिजीटल फोटो स्टुडियो इलामका सन्दिप प्रधान र झापा मिडिया लिन्कका लोकेश अधिकारीले प्रशिक्षण दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार