वडा कार्यालयको बोर्ड किरात सिरिजंगा लिपिमा

इलाम : स्थानीय भाषालाई समेत सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गरिपर्ने माग उठिरहेको बेला इलामको एक नगरपालिकाले वडा कार्यालयको बोर्ड स्थानीय भाषामा समेत निर्माण गरेको  छ।

इलामको देउमाई नगरपालिकाले वडा नम्बर ५ को वडा कार्यालयको वोर्ड स्थानीय लिम्बू भाषामा किरात सिरिजंगा लिपिमा वडा कार्यालयको बोर्ड निर्माण गरेको हो । कार्यालयले लिम्बू लिपि र भाषाको सम्मान गर्दै होर्डिङ बोर्ड तयार पारेको हो ।

किरात याक्थुङ चुम्लुङ देउमाई नगर शाखाका सहसचिव तारावीर लिम्बूले वडा कार्यालय आफैले लिम्बू लिपिमा बोर्ड तयार पारेको बताए । उनले उक्त बोर्डमा प्रयोग गरिएको मुनितिरको लिपि किरात सिरिजंगा लिपि भएको बताए । सिरिजंगा लिपि लिम्बूहरुले प्रयोग गर्दै आएको लिपि हो । तर किरात सिरिजंगा लिपि चाँही नीलो रंगले लेखिने भएको छ ।

देउमाई नगरपालिकामा कूल नौ वटा वडा रहेको छ । अन्य वडामा भने यसरी लिम्बू लिपिलाई प्रयोग गरिएको छैन । लिम्बू समुदायका अगुवाहरुले स्थानीय तहको कामकाजको भाषा लिम्बू बनाउन माग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार