सुपरमाई जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु

  नयाँ बुलन्द  180 पटक हेरिएको

इलाम  : इलाम जिल्लामा उर्जा उत्पादनमा क्षमता थप्दै सात दशमलव आठ मेगावाटको सुपरमाई जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ ।

इलाम नगरपालिका–५ को दुधाङ्ग बेसी स्थित माईखोलामा निर्माण भएको आयोजनाले बुधबार साझ बाट उत्पादन सुरु गरेको हो ।
२०७७ मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखेर २०७३ चैैत्र महिनामा निर्माण शुरु भएको आयोजना २२ महिना अगावै सम्पन्न भएको सुपरमाई जलविद्युत आयोजनाका अध्यक्ष मोहनविक्रम कार्कीले जानकारी दिए । एक अर्व ५० करोड लागत अनुमान भएको आयोजनाको निर्माण समय अगावै सकिएपछि करिव सात देखि दश करोड रुपैया लागत घटेको उनले बताए ।

विद्युत उत्पादनका लागि तीन हजार दुई सय ३५ मिटर लामो र दुई दशमलव तीन मिटर ब्यास भएको हेडरेस पाइप मार्फत माईखोलाको पानी फर्काइएको छ । तीन सय मिटर लामो पेनस्टक पाइपबाट ल्याइएको पानीले विद्युतगृहमा जडित दुई वटा ३९ सय किलोवाट क्षमताको होरिजेन्टल एक्सिस भएको फ्रान्सिस टर्वाइनहरु सञ्चालन हुने र ड्राइ सिजनमा दुइ दशमलव तीन मेगावाट विद्युत उत्पादन हुने बताईएको छ ।
आयोजनाको उत्पादन क्षमता अनुसार आगामी बाह्र वर्ष भित्रमा आयोजनाले सम्पुर्ण लागत विद्युत विक्रि मार्फत उठाइसकिने आयोजनाका अध्यक्ष कार्कीले बताए ।

आयोजना बाट उत्पादित बिद्दुत उर्जा शक्ति गोदकमा रहेको काबेली कोरिडोरमा जोडिने भएको छ । आयोजना निमार्णका लागि सानिमा बैक लिमिटेड, सिद्घार्थ बैक लिमिटेड, सेञ्चुरी कमर्सियल बैक लिमिटेड ज्योति विकास बैक लिमिटेड र संञ्चालकहरुको गरि एक अर्व ५० करोडको लगानीमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार