नेपाल प्रेस युनियन तेह्रथुमको अध्यक्षमा सेनेहाङ

  नयाँ बुलन्द  116 पटक हेरिएको

तेह्रथुम : नेपाल प्रेस युनियन तेह्रथुमको अध्यक्षमा टीआर सेनेहाङ निर्वाचित भएका छन् ।

युनियनको छैटौँ जिल्ला अधिवेशनले सेनेहाङको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा राजकुमार तेयुङ र यशोदा श्रेष्ठ, सचिव, प्रकाश पाक्साँवा, सहसचिवमा भूमिका श्रेष्ठ र
कोषाध्यक्षमा विनोद भटराई निर्वाचित भएका छन् ।

सदस्यहरु समीर खनाल, पाल्देन तामाङ, छविसनम् कन्दङवा, गोमा रसाइली, प्रकाश खाती, विमला विष्ट, जेनिशा लुईटेल, भीममाया लिम्बु र सुजन कुरुम्बाङ निर्वाचित भएका छन् ।

केन्द्रीय प्रतिनिधिहरुमा कमल ढुंगाना, रोशन श्रेष्ठ, निर्मल ढुंगाना, मनकुमार फोम्बो, अमृत बाँस्तोला, चन्द्रकला बराल र  प्रकाश धौलाकोटी निर्वाचित भए ।

त्यसैगरी प्रदेश पार्षदहरुमा महेन्द्रप्रसाद काफ्ले, उद्धव तिम्सीना, नरेश ढुंगाना, लक्ष्मीनारायण मिश्र, पाल्देन तामाङ, निर्मल खतिवडा, गोमा रसाइली, मीना भण्डारी, रेजिना खड्का, नवराज दुलाल  र खिरबहादुर बुढाथोकी निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार