मृगौलापीडित रसाइलीद्वारा सहयोगको याचना

  गोबिन्द पौडेल
0 Shares

मृगौलापीडित किशोर रसाइली

इलाम : दुबै मृगौला खराव भएर उपचाररत सुर्योदय नगरपालिका ६ तारगाउँमा एक युवाले आफ्नो जीवन बचाइदिन सबैसग सहयोगको अपिल गरेका छन् ।

तारगाउँका २६ वर्षीय युवा किसोर रसाइलीले जिल्लाबासी व्यापारी व्यवासायी, उद्योगी, संचारकर्मी, राजनीतिकर्मी सबैसँग सहयोगको याचना गरेका हुन् ।

भारत बैलोरका एक होटलमा काम गर्दै आएका उनको दुबै मृगौलामा समस्या आएपछि बैलोरकै एक अस्पतालमा उपचार गराइएको थियो । अहिले थप उपचारको लागि भक्तपुरको मानवअंग प्रत्यारोपण केन्द्रमा उपचार गराउँदै आएका उनलाई १० लाख खर्च लाग्ने भएपछि सहयोगको लागि याचना गरेका हुन । उनको यसअघि ४ लाख खर्च भइसकेको छ ।

न्युन आर्थिक अवस्था रहेको रसाइली परिवारमा उनका बाबु समेत अपाङ्ग छन् । अहिले नियमित डायलासिस गराउँदै किसोरको उपचारमा सहगोगको लागि सुर्योदय नगरपालिका  वडा नम्बर ६ ले सिफारीस गरेपछि किशोरको उपचारको लागि साथीभाई, छरछिमेक आफन्त र सहयोगी मन भएका सबैसँग आर्थिक सहयोग संकलनमा सक्रिय रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार