राँके-रवि सडक खण्डको घुर्बिसे नजिकै सोलिङ सम्पन्न

  युद्धबहादुर बोहोरा
0 Shares

पाँचथर : राँके-रवि सडक खण्ड अन्तर्गत फाल्गुनन्द-५, घुर्बिसे पञ्चमी नजिकै उकालो बाटो सल्लाघारीमा ढुङ्गा सोलिङ्ग कार्य सम्पन्न भएको छ ।

फाल्गुनन्द गाउँपालिकाको आर्थिक वर्ष ०७५/७६ को बजेट मार्फत पहिलो योजनाबाट रु. दुई लाख र जनश्रमदान ५६ हजार चार सय ७६ गरि जम्मा दुई लाख ५६ हजार चार सय ७६ रुपैयाँमा ६३ दशमलव ८० मिटर लामो र २ दशमलव ९० मिटर फराकिलो सडकमा ढुङ्गा सोलिङ्ग गरिएको योजना शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिए ।

वर्षातको समयमा कच्ची बाटोमा यात्रा गर्दा बर्सेनि यात्रु तथा यातायात व्यावसायीहरुले शास्ती भोग्दै आएका थिए ।

उकालो बाटोमा मालवाहक ट्रक, ट्याक्सी, ट्याक्टर, पिकअप तथा मोटरसाइकल चलाउँदा इन्जिन टुटफुट मात्रै हैन घण्टौंसम्म पार गर्न कठिन भएको ट्रक चालक मीनबहादुर तामाङ बताउँछन् ।

बाटो खाल्डाखुल्डीका कारण धेरै पटक गाडी फसेर बिग्रेकाले २-३ महिनामा कमाइ भएको पैसा जति  ट्रक मर्मतमा खर्च भएको उनले गुनासो गरे ।

सडकको पूर्णतापछि हुने परिवर्तन 

यस भेगका जनताको आर्थिक मेरुदण्डको रूपमा मानिएको यो सडक इलाम र पाँचथरको सिमाना राँके- घुर्बिसे पञ्चमी- रबि  हुँदै दमक सम्म जोडिएको छ ।

त्यस्तै, चिसापानी पञ्चमीबाट  छनम्बर बुधबारे हुँदै  धनकुटाको भेडेटार पुग्न एक सय एक किलोमिटर लामो नदी नभएको र पुल विहिन सडकको रुपमा परिचित छ ।

हाल यस सडकलाई कालोपत्रे बनाउन आवश्यक प्रक्रिया शुरूवात भइ सकेकोले यस क्षेत्रका जनतामा आसा पलाएको छ ।

बाटोको कालोपत्रे पछि यस क्षेत्रमा उत्पादन हुने अलैंची, अदुवा, सुन्तला, कागती, दूध, घ्यू, छुर्पी, अम्रिसो, अकबरे खोर्सानी, उत्तिसको काठ (गोलिया) निकासी तथा पर्यट प्रबर्द्धनले यहाँका बासिन्दाको आर्थिक उन्नतिमा मदत पुग्ने अनुमान गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार