मार्शल आर्ट्स डा.ह्युङ्गको टोलिद्वारा विद्यालयमा सामाग्री वितरण

   युद्धबहादुर बोहोरा
0 Shares

पाँचथर : द प्रिसिडेन्ट कोरिया मार्शल आर्ट्स हाफ किडाे फेडेरेसन साउथ कोरियाका डा.लिडी ह्युङ्गको टोलिले फाल्गुनन्द गाउँपालिकाका दुई विद्यालयलाई विभिन्न सामाग्रीहरु वितरण गरेको छ।
भवन निर्माणको लागि सहयोग गर्न इच्छुक कोरियाली संस्थाले घुर्बिसे पञ्चमी माद्यामिक विद्यालय र सिद्धेश्वरी माद्यामिक विद्यालयका विद्यार्थीलाई कपडा र ल्यापटप प्रदान गरेको छ। यस अघि नै संस्थाले दुई विद्यालयको अवलोकन गरिसकेको छ । लामो समय दक्षिण कोरियामा रोजगार गरेका फाल्गुनन्द -५ निवासी सामाजिक अभियान्ता मणिचन्द्र चेम्जोङले टोलि आउने वातावरण तय गरेका हुन्। ग्रामीण क्षेत्रमा रहेका विद्यालयको भौतिक अवस्थालाई मध्यनजर गरि उनले भवन निर्माणमा सहयोग जुटाउन टोलिलाई ल्याएको बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाचन्द्र चेम्जोङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो। कार्यक्रममा प्रमुख अतिथि नेम्बाङले भने – ‘मिसनद्वारा गरिने योजनालाई स्थानीय सरकारबाट वा केन्द्र सरकारबाट जहाँबाट स्वीकृत आवश्यक छ त्यो प्रक्रिया छिटो अगाडि बढाउन सम्बन्धि पक्षलाई सुझाव दिंदै निर्माण सम्पन्न पछि सहयोगी संस्थालाइ भवन उद्घाटन सहित भव्य स्वागत गर्न आतुर रहेको बताए। सबैले विस्वासीलो कार्य गर्न सके आफ्नो तर्फबाट नेपालमा धेरै सहयोग गर्ने डा. ह्युङ्ग बताउँछन्। विशेष अतिथि ह्युङ्गको मन्तव्यलाई समाजसेवी चन्द्र नेम्बाङले नेपालीमा अनुवाद गरेका थिए।
उनी लामो समय सम्म कोरियामा रोजगारी गरि नेपाल फर्किएका हुन्। विशेष अतिथि मुन क्युसुक,सिओ ग्याप्सुन,निर्माण व्यावसायी महासंघ निवर्तमान उपाध्यक्ष रुद्र शर्मा,पाँचथर – काठमाडौं सम्पर्क समिति संयोजक निर्मल रिजाल,गाउँपालिका उपाध्यक्ष देवित्रा कुमारी आङदेम्बे, द प्रिसिडेन्ट कोरिया मार्शल आर्ट्स हाफ किडाे फेडेरेसन नेपालका मणिचन्द्र चेम्जोङ,तरुणदल पाँचथरका अध्यक्ष सुमन लामा,प्रधानध्यापक ठाकुरसिंह थेगिमले स्वागत मन्तव्य राखेका थिए। त्यस्तै,जनप्रतिनिधि तथा गाउँपालिका प्रबक्ता दानबहादुर अधिकारी अविन्द्रप्रसाद चेम्जोङ, समाजसेवी इन्द्र नेम्बाङ,भगिरथ चेम्जोङ, घुर्बिसे पञ्चमी बजार समिति सचिव टीका सम्बाहाम्फे, समाजसेवी केहेर सिंह चेम्जोङ लगायतले मन्तव्य राखेका थिए।
कार्यक्रम अतिथिलाई विद्यालयको तर्फबाट सम्मान पत्र प्रदान गरिएको थियो । अतिथिद्वारा गरिब विद्यार्थी ,असहाय र वृद्धबृद्धालाई आर्थिक सहयोग प्रदान गरिएको थियो । संघ संस्थाका प्रतिनिधि,शिक्षक,व्यापारी,जनप्रतिनिधि र बुद्धिजीवीको उपस्थित रहेको भेटघाट कार्यक्रममा शिक्षक माक्सेम नेम्बाङले स्वागत गरे भने सुरेन्द्र प्रसाद लामिछानेले संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार