व्यापारीले गरे पाथीभरा सरसफाई

रोङ : इलामको पाथीभरा मन्दिर क्षेत्रमा शुक्रबार सरसफाई कार्य भएको छ ।

भक्तजनहरुले मन्दिरमा चढाउन ल्याएको बस्तुहरु यत्र तत्र फालिएको र आउन लागेको नौरथामा मन्दिरमा बिशेष पुजाआजा हुने भएकाले ब्यापारी समुहको सक्रियतामा सरसफाइ गरिएको हो । मन्दिर क्षेत्र फोहोर भए भक्तजन कम आउने र त्यसको प्रत्यक्ष असर व्यापारीहरुलाई पर्ने भएकाले मन्दिर क्षेत्रको सरसफाइ गरिएको पाथीभरा माला व्यापारी समूहका सचिब मिलन भूजेलले बताए ।

पाथीभरा मन्दिरमा हरेक बर्ष घटस्थापना देखि महानवमीसम्म महादुर्गाको सप्तसती पाठ हुने गरेको छ । फोहोर ब्यवस्थित रुपमा बिषर्जनको लागि ब्यापारीहरुले स्वनियम बनाएको ब्यापारी समुहका उपाध्यक्ष दिनेश निरौलाले बताए । ‘प्रत्येक पसलले आफनो पसलको अगाडि एउटा डस्टबीन अनिबार्य रुपमा राख्नु पर्ने ब्यवस्था मिलाएका छौ उपाध्यक्ष निरौलाले भने, ‘पसलमा सिसाजन्य बस्तु बिक्री बितरणमा रोक पनि लगाएका छौ ।

सिसाजन्य बस्तु जस्तै ऐना बोतल लगायतको बस्तु फुटेर चोटपटक लाग्ने मानबीय दुर्घटना हुने सम्भावना भएकाले रोक लगाइएको निरौलाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार