गजल

  सन्धिभक्त शंकार
0 Shares

ज्ञान मा छुट्टै खाले निखार हुनुपर्छ
सिकाइमा सर्ब प्रथम ब्यावहार हुनुपर्छ

मजदुर किसान र भाेका नाङगाहरु काे
जीवन चलाउन शिक्षाकाे सार हुनुपर्छ

याे देशकाे शिक्षाले सपना देखाउछ मात्र
देखेका सपना हरु पनि साकार हुनुपर्छ

सरकार अब कबाट कलम ख खरायाे हैन
ठ बाट ठेकि ब बाट बनाउने द दार हुनुपर्छ

जीवन र जगत बुझेर दुनिया बदल्न सक्ने
एउटा नाैलाे अनि छुट्टै खाले बिचार हुनुपर्छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार