सितोरियोको ग्रेडिङ गरियो

  गोबिन्द पौडेल
0 Shares

रोङ : इलामको रोङ गाउँपालिका ६ मा प्रशिक्षण लिइरहेका दुई डोजोका प्रशिक्षर्थीहरुको ग्रेडिङ्ग आज संपन्न भएको छ ।

चिल्डेन गाडेन अंग्रेजी स्कूलको खेलमैदानमा प्रशिक्षण लिदंै आएका ६ महिला सहित १७ जना र सरश्रवती माविको खेलमैदानमा प्रशिक्षण लिदै आएका १२ महिला सहित २४ जना गरि ४१ जना प्रशिक्षार्थी सितोरिया खेलाडीहरुको ग्रेडिङ गरिएको हो ।

गत माघदेखी चिल्डेन गार्डेन स्कूलको मैदानमा प्रशिक्षक देवी साङपाङ राइले प्रशिक्षण दिइरहेका खेलाडीहरुले जेठ नै पहिलो ग्रेडिङ गरेर अहिले दोश्रो चरणको ग्रेडिङ सम्पन्न गरेर स्टेप ग्रीनमा प्रवेस गरेका छन् । सरस्वती माविका प्रशिक्षक सरीता राइले असारबाट प्रशिक्षण गरिरहेको खेलमा पहिलो चरणको ग्रेडिङ सक्दा ओरेन्ज बेल्टठमा प्रवेस गरेका छन् ।

मार्सल आर्टको उर्वरभूमि मानिने रोङबाट भविष्यमा थप प्रगति गर्ने लक्ष्यको साथ संचालित खेलमा सितोरियाको अन्तराष्ट्रिय रेफ्रि तथा मुख्य प्रशिक्षक योगेस चाम्लिङ, प्रशिक्षक राम राई, प्रशिक्षकहरु देवी साङपाङ, प्रशिक्षक सरिता राई, रम्भ्याङ स्पोर्टिङ क्लबका अध्यक्ष जीवन चाम्लिङ लगायतको सहभागिता रहेको थियो । ग्रेडिङ कार्य सरस्वती माध्यामिक विद्यालयको खेल मैदानमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार