चोर ट्याक्सी चलचित्र सार्वजनिक

कतार : सेल्फी टिभीको प्रस्तुतीमा सन्देशमुलक छोटो चलचित्र चोर ट्याक्सीकोअक्टोबर ०२, २०१८ का दिन सेल्फी टिभीको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

विदेशमा रहेर पनि नेपाली कलाकारिता क्षेत्रमा अब्बल मानिएका निर्देशक भविन्द्र तामाङ्गको कथा, संवाद, छायाङ्कन तथा निर्देशनमा तयार पारिएको छोटो चलचित्र चोर ट्याक्सीमा राजेन्द्र थापाको सह–छायाङ्कन, प्रदिप भुषालको सह–निर्देशन तथा ज्ञानेन्द्र रसाईली सल्लाहकार रहनुभएको छ भने कलाकारहरुमा प्रकाश न्यौपाने, मुना गिरी, ज्ञानेन्द्र रसाइली, राजेन्द्र थापा, मिलन विश्वकर्मा, प्रदिप भुषाल, राजेन्द्र खड्का तथा सदिक्षा थपलिया रहेका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरुको यथार्थ घटनामा आधारित कथालाई छोटो चलचित्र मार्फत प्रस्तुत गरिएको छ ।आफ्नो घरपरिवारलाई चटक्कै बिर्सिएर रमाउन खोज्दा कस्तो हालत व्यहोर्नुपर्छ भन्ने सत्यता चलचित्रले बोकेको छ ।

सोही कथालाई निर्देशक भविन्द्र तामाङले सुन्दर ढंगले प्रस्तुत गरेका छन् ।

भिडियाे :https://www.youtube.com/watch?v=IRmbv36q0HE

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार