इभाङमा रेडस्टार गोल्डकपको दोश्रो संस्करण

इभाङ  : इलामको माङसेबुङ गाउँपालिका-२ स्थित इभाङमा २७ असोजदेखि रेडस्टार गोल्डकप फूटबल प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ ।

वडादशैं २०७५ को अवसरमा रेडस्टर क्लब माङसेबुङ-२ ले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा विभिन्न क्लबका २० बढि टिमको सहभागिता रहने आयोजक रेडस्टार क्लबले जनाएको छ । प्रतियोगिताका विजेता टिमलाई नगद ५० हजार र उपविजेता टिमलाई नगद २५ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

गोल्डकप स्थानीय इभाङ माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने रेडस्टार क्लबका अध्यक्ष मदन राईले जानकारी दिए ।

रेडस्टार क्लबले गतवर्ष प्रथम रेडस्टार गोल्डकप फूटबल प्रतियोगिता सञ्चालन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार