अवरुद्ध हर्कटे-जिर्मले सडक सुचारु भएसगै जनजिवन सामान्य बन्दै 

जिर्मले : गत बुधबार साझदेखी परेको अबिरल बर्षको कारण क्षतिग्रस्त बनेर अवरुद्ध बनेको हर्कटे जिर्मले सडक अाज साझबाट सुचारु भएको छ ।

बुधकार साझ करिव छ बजेबाट लगातार परेको पानीले हर्कटे जिर्मले सडकको आधा दर्जन जति स्थानमा पहिरो खसेर सडक अबरुद्ध हुदा जिर्मले बाट हर्कटे सम्म यात्रुबाहक र मालबाहक सावारीको साधनहरु चल्न नसक्दा जिर्मलेबाट दुग्ध ,तरकारी र चिया निर्यात हुन सकेको थिएन ।

सडक अबरुद्ध भएको समाचार प्रसारित हुनसाथ रोङ गाउपालिकाका अध्यक्ष समसेर राइले सडक संचालन गर्न निदेशन दिए लगत्तै वडा नं ६ का वडा सदस्य केशर प्रधान सहितको टोलीले जे.सि बि को ब्यवस्था गरि दिनभर लगाएर सडक खाुलाउन लागेको र साझ ६ बजेपछि सडक सुचारु भएको थियो ।

सडक सुचारु भएसगै  यहाँबाट यात्रुबाहक र मालबाहक सवारीका साधनहरु चलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार