लठ्ठ भए इलामे किरातीको कवितामा

इलाम १२ असोज : शुक्रबार इलाम सदरमुकाममा जिल्लाका साहित्यप्रेमी विराट किरातीको कविता सुनेर लठ्ठ परे ।

विराट किरातीको एकल कविता वाचनमा उपस्थित कविता सुनेर लठ्ठ भएका हुन् । किरातीले आधा दर्जन जति मात्र कविता सुनाए । तर सर्जकहरुको किरातीका कवितामा धित मरेकै थिएन । ‘मेरी आमा’ शिर्षकमा रहेको कविताबाट वाचन प्रारम्भ गरेका किरातीले ‘मुर्कुटाहरु’, ‘ड्राइभर तिमि मातेका छौ’ लगायतका शिषर्कका कविता वाचन गरेका थिए । उनले देशमा हाल जल्दोवल्दो विषयमा केन्द्रित रहेर साहित्य वाचन गरेका थिए ।

कविता सुन्न नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कोमल निरौला, विमल बैद्य लगायत जिल्लाका साहित्यप्रेमी र सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।
भानु प्रतिमा संरक्षण तथा साहित्य सवंद्र्धन समिति इलामले आयोजना गरेको कार्यक्रमको संयोजन फरक आयाम इलामले गरेको थियो । झापामा वसोवास गर्ने कवि युवा पुस्ताका प्रखर र विचारवादी कविका रुपमा परिचित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार