भोटेकोशीको झोलुङ्गे पुल मर्मत नहुँदा पैदल यात्रीलाई सास्ती

रसुवा : रसुवामा भोटेकोशीको झोलुङ्गे पुल मर्मत नहुँदा पैदल यात्रीहरुलाई आवतजावत गर्न समस्या भएको छ ।

२०७२ सालको भूकम्पले क्षति पुगेको रसुवाको बृद्घिम र थुमन जोड्ने भोटेकोशीको झोलुङ्गे पुल अहिलेसम्म पनि मर्मत नहुँदा पैदल यात्रीहरुलाई आवतजावत गर्न कठिन भएको हो ।

रसुवाको गोसाँईकुण्ड गाँउपालिका वडा नम्बर १ र ३ जोडने झोलुङ्गे पुल ४० महिनासम्म पनि कुनै निकायले मर्मत नर्गदा पर्यटक तथा स्थानीयहरुलाई आवतजावत गर्न सास्ती व्यहोर्नु परेको हो ।

पर्यटकीय पदमार्गको यो पुलमा अहिले दैनिकजसो सयौं पर्यटक तथा स्थानीयहरु आवतजावत गर्ने गरेका छन ।पुलको दुवैभागका लट्ठाहरु बिग्रिएका छन भने पुलको एक छेउको भाग पुरै क्षति पुगेको छ ।

स्थानीयले पुलको केही भागमा काठ तथा फलाम राखेर आवतजावत गर्ने गरेका छन ।पर्यटकीय पदमार्गको पुल मर्मत तथा तत्काल नयाँ पुल निर्माण गरी दिन स्थानीयले माग गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार