पार्टीको आन्तरिक पक्ष बलियो हुनुपर्ने :सुबासचन्द्र नेम्बाङ

इलाम : नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुबासचन्द्र नेम्बाङले आलोचकलाई कमजोर बनाउनका लागि पार्टीको आन्तरिक पक्ष बलियो हुनुपर्ने बताएका छन् ।

नेकपा नेतृत्वको दुई तिहाईको सरकारलाई भत्काउन बिपक्षीहरु लागि परिरहेको बताउँदै नेम्बाङले पार्टीलाई सुदृण र सक्षम बनाउन पार्टी दह्रो हुनुपर्ने उल्लेख गरे । इलाम सदरमुकाममा पार्टी कार्यकर्ता तथा पत्रकारसँग छलफल गर्दै नेम्बाङले प्रमुख प्रतिपक्षी कांग्रेसले आफंैले गरेका निर्णयहरुलाई अहिले बिरोध गरिरहेको आरोप लगाउनु भएको हो । ‘मुलुकी ऐनको खाका देउवा नेतृत्वको सरकारले बनाएको हो । त्यही दस्तावेज पनि कांग्रेसले बिरोध गरिरहेको छ ।

नेपालको संविधान ९० प्रतिशत संसदले हस्ताक्षर गरेको संविधान रहेकाले यो संसारकै शक्तिशाली संविधान रहेको न । नेम्माङले भने संविधानमा ९० प्रतिशत जनताका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन । संविधानकै विरोध गर्ने साथीहरु पनि यही संविधानको कानुन अनुसारको सपथ खाएर संविधानको विरोध गर्नुको औचित्य नरहेको बताए ।

संविधान सभाका पूर्व सभामुख समेत रहनु भएका नेम्बाङ्ले संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ लेख्ने व्यक्ति आफू नै रहेको बताउए ‘अहिले साथीहरु नेकपा प्रेस विरोधी हो भन्नहुन्छ । संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेख्ने मै हुँ ।’ उनले भने,‘यदि हामी प्रेस विरोधी थियौ भने पूर्ण प्रेस स्वतन्त्रता भनेर लेख्ने थिएनौं’ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार