नेताको एक घण्टाको भाषण भन्दा गितकारको दुइ वाक्य नै काफी : नेम्वाङ

इलाम : पुर्व सभामुख तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता सुवासचन्द्र नेम्वाङले नेताहरुको एक घण्टाको भाषण भन्दा श्रष्ठाको दुई बाक्य नै महत्वपुर्ण हुने वताए ।

गितकार संघ नेपालले गरेको १ नम्वर प्रदेश स्तरिय अन्तरक्रिया तथा शिविरको उद्घाटनका क्रममा उनले यस्तो वताएका हुन ।
‘हामीले एक घण्टा लगाएर भाषण गरे पनि कुरा बुझाउन सारो पर्छ तर तपाइँ श्रष्ठाहरुको कुँदिएको दुई वाक्यले जनताले धेरै कुरा बुझ्छन ।’ अझ वढि इलामका वारेमा गित लेखेर इलामको चर्चा गर्न आग्रह गर्दै उनले सानोमा आफुले पनि गित गुन्गुनाएको स्मरण गराए।

गितकार संघ नेपालले एक नम्वर स्तरिय गितकार तथा श्रष्ठा भेला पारेर देशमा उठीरहेका गित तथा साहित्य सम्वन्धी चर्चा गर्ने वताइएको छ । आज र भोली चल्ने शिविरमा आज उद्घाटन सहित कार्यपत्र प्रस्तुत सहित छलफल हुने वताइएको छ ।

भोली इलामको पर्यटकिय स्थल भालुढुङ्गामा श्रष्ठा परिचय सहित विविध कार्यक्रम गरेर समापन गर्ने कार्यक्रम तय भएको आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार