रतुवाखोलामाथि पुल नबन्दा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य

इलाम : झापा र इलामको सीमामा पर्ने रतुवाखोलामाथि पुल नबन्दा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

वर्षातको समयमा बढ्ने खोलाबाटै आवतजावत गर्नुपर्ने भएपछि दैनिकजसो हिंड्नुपर्ने विद्यार्थीलाई अझ मर्का परेको छ । इलामको दक्षिणी चुलाचुली र झापा दमकको बीचमा पर्ने रतुवाखोलामा पुल नबन्दा स्थानीयवासीलाई असहज भइरहेको छ ।

राष्ट्रिय राजनीतिकै अग्रपंक्तिमा रहेका नेताहरुको गृहजिल्लासमेत रहेको यस क्षेत्रका जनता वर्षौँदेखि पुलको पर्खाइमै छन् । चुलाचुलीमा बस्ने विद्यार्थीहरु रतुवा खोलालाई पार गर्दै झापा दमकमा पढ्न जानुपर्छ , तर एकले अर्काको हात समाएरै जोखिमपूर्ण र कठिनपूर्ण यात्रा गरिरहेका छन् ।

खोला तर्दातर्दै  कतिपयको जीवन नै समाप्त  भएको छ तर पनि मनमा डर र त्रास बोकेरै वारवार गर्नैपर्ने बाध्यता छ । इलामबाट दमक गएका र दमकबाट इलाम आएका स्थानिय फर्कँदा खोला नबढिदियोस् भनेर कामना गरिरहेका हुन्छन् । चुलाचुलीस्थित आँपझोडा र बुकुवाका स्थानीयको यो समस्या वर्षौँ पुरानो हो ।

करिब ३ सय घरधुरीको  गुजारा चलाउन ज्यालामजदुरी गर्न होस् या बजार जान होस् यहीँ खोला पार भएरै जानुपर्छ । खोला तर्दा साइकल र सामानमात्रै बगाउँदैन मान्छे पनि बगिरहेकै छन् ।

खोलामा बेजोडले बाढी हुत्तिदा विद्यार्थीले विद्यालय नै छाड्नुपर्छ । यस्तो बाध्यता र अप्ठ्यारोमा गुज्रिएका स्थानीयले जनप्रतिनिधिप्रति यसरी गुनासो पोख्छन् । पटकपटक चुनाव जितेका पुर्व सभामुख सुवासचन्द्र नेम्बाङबाट पनि चुलाचुलीका गाउँगाउँ पुगेर पुल बनाउने आश्वासन नआएका होइनन् ।

वर्तमान प्रधानमन्त्री केपी ओलीको पनि यस ठाउँमा पुल बनाउने अठोट जनताले सुनेकै हुन् । तर अहिलेसम्म नत पुल नै बन्यो न त जनताले सास्ती पाउन छाडे । एउटा झोलुंगे पुलको झिनो आशा गरेका जनतालाई निर्धक्कसँग वारपार गर्ने सुविधा दिन किन पहल भइरहेको छैन ?imagekhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार