१० हजार जनता हत्या मुद्दामा प्रचण्डलाई जनअदालतमा उभ्याउने नेकपा प्रवक्ता प्रकाण्डको चेतावनी

काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) मंगलबार ४९ दिन पछि रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशपछि उनी रिहा भएका हुन् ।

रिहा भएपछि प्रवक्ता प्रकाण्डले स्वागतको लागि आएको नेता, कार्यकर्ता र समर्थकलाई सम्बोधन गर्दै भने, ‘अहिलेको सरकार भदौमा उम्रेको च्याउ च्याउ हो । यसको समय धेरै छैन । हामीसँग हतियार छ, त्यसको डरले मलाई र मेरा साथीहरुलाई रिहा गरेको हो ।” त्यस्तै प्रकाण्डले भने, देश र जनताको मुद्दा, देश र जनताको निम्तिको मुक्तिको लागि देशी र विदेशी प्रतिक्रियावादी र यो देशका दलालहरुका बीच जुनसुकै षड्यन्त्र गरेपनि आफ्नो पार्टीले क्रान्ति अगाडि बढाउने र जनताको सत्ता स्थापना नभएसम्म क्रान्ति जारी रहने बताए ।

सम्बोधनकै क्रममा प्रकाण्डले जनताको पक्षमा संघर्ष गर्दा ज्यान मुद्दा लगाएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई १० हजार जनताको हत्याराको मुद्दा जनअदालतमा लगाउने चेतावनी दिए ।

अहिलेको परिवर्तन प्रधानमन्त्री ओलीले नल्याएको भन्दै प्रकाण्डले धेरै ट्याँट्याँ नगर्न आग्रह भने । उनले तत्कालिन माओवादी र आफूहरुले अहिलेको परिवर्तन ल्याएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार