विवाह असम्भव भएपछि ‘बलात्कारको मुद्दा’ दर्ता !

चितवन : भाद्र १ गतेदेखि लागू गरिएको नयाँ कानुन अनुसार अबदेखी विवाह गर्न केटा र केटीको उमेर अनिवार्य रूपमा २० वर्ष नै पूरा हुनुपर्ने हुन्छ । यदी सो, उमेर भन्दा अगावै गरिएको त्यस्ता विवाहलाई अयोग्यका रूपमा लिइन्छ । चितवनमा यहीँ नयाँ कानुनले एक जोडीलाई बिवाह गर्नबाट अल्झ्याइदिएको  छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ११ का १९ वर्षीय केटा र १७ वर्षीया केटी प्रेम सम्बन्धमा थिए । उनीहरुबीच एक अर्कालाई एकदमै माया गर्छन् । प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्न चाहे भने एक महिनाअघि नै घरबाट समेत भागेर नै हिँडे । तर, उनीहरुको विवाह कानुनतः सम्भव थिएन । नयाँ कानुनअनुसार यो उमेरका केटाकेटीबीच विवाह हुन नसक्दा उनीहरुका दुवै परिवार यतिबेला समस्यामा छन् ।

घटना प्रहरीसम्म पुग्यो तर प्रहरीले समेत कुनै सहयोग गरेनन् अर्थात् उमेर नपुगेकाले प्रहरीले उनीहरुको जोडी मिलाएनन् । केटी पक्षले विवाका लागि प्रहरीमा निकै दबाब दियो, तर पनि प्रहरीले एउटै मात्रै जवाफ दिइरह्यो, ‘कानुनले विवाह गर्न मिल्दैन, सो आइ एम सरी ।’

केटा पक्षले केटी अस्वीकार गरेपछि घटनाले पुनः अर्को मोड लियो । त्यो हो केटी पक्षले केटाविरुद्ध बलात्कार मुद्दा । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एसपी सुशील सिंह राठौरले केटी पक्षका आफन्तबाट आइतबार प्रहरीमा बलात्कार गरेको जाहेरी दिएका छन् । यस मुद्दाका आरोपित भने फरार रहेकाले पक्राउ पूर्जी जारी भई खोजी भइरहेको समेत उनले बताए ।

कानुनले निषेध गरेको उमेरका केटाकेटीबीच भागेर हिँड्ने र पछि गाउँटोल छिमेकले विवाह हुनुपर्छ र गराउनुपर्छ भनी प्रहरीमा अनावश्यक दवाव दिने गरेको एसपी राठौरले बताए । प्रहरीमा अहिले उमेर नपुगी भागी विवाह गरेर विवाद ल्याउनेहरु बढेको उनले बताए । ‘प्रहरीले कानुनले नगर भनेको कुरा गर्दैन, कसैले उमेर नै नपुगी जबर्जस्ती बिहे गर भनेर दबाब दिन्छ भने उहीं विरुद्ध मुद्दा चलाउन प्रहरी बाध्य हुन्छ,’ एसपी राठौरले भने ।

७० वर्षीया वृद्वा बलात्कार प्रयास !

यता, ७० वर्षीया वृद्धालाई जबर्जस्ती करणी गर्न खोजेको भन्दै ६४ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार असोज ४ गते रातीको समयमा शौचालय गएको अवस्थामा एकल महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको भन्दै प्रहरीले माडी नगरपालिका-३ का ६४ वर्षीय विश्राम महतोलाई गएको शनिबार गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनमा पीडित आफैँले असोज ५ गते जाहेरी दिएकी थिइन् । लगत्तै प्रहरीको टोलीले महत्तोलाइ असोज ६ गते माडी बाटै पक्राउ गरेको हो । घटनाको विषयमा आवश्यक  अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार