योगेशको उपचार करुणा फाउण्डेशनले गरिदिने

  गोबिन्द पौडेल
0 Shares

योगेश प्रधान ।

रोङ : उपचार खर्च नभएर घरमै छटपटाईरहेका रोङ गाउँपालिका ६ रम्भ्याङका ११ वर्षीय बालक योगेश प्रधानको उपचारमा करुणा फाउण्डेसन नेपालले सहयोग गर्ने भएको छ ।

अपाङ्गता समेत रहेका योगेश प्रधानलाई एकाएक समस्या आएर हिँडडुल गर्न समेत समस्या आएपछि उपचारका लागि आर्थिक अभावमा छटपटिदैं ११ वर्षीय बालक शीर्षकमा नयाँ बुलन्द डटकममा समाचार प्रकाशित भएपछि करुणाले उपचार गरिदिने भएको हो ।

समाचार प्रभाव

करुणा फाउन्डेसन इलामका प्रतिनिधि संगीता गोले, वडाका जनप्रतिनिधिहरु, स्वास्थ्य चौकी जिर्मलेका प्रमुख सुनिल पोखरेल, संचारकर्मी र परिवारका सदस्यहरुबीच स्थलगत अवलोकनपछि करुणा फउन्डेसन नेपालले राजधानीकै अस्पतालमा लगेर उपचार गराइदिने लिखित संझौता गरेको छ । सम्झौतापछि योगेसको उपचार गरिने पक्का भएको छ ।

यसअघि योगेशलाई परिवारले उपचारको लागि नोबेल मेडिकल अस्पताल बिराटनगरसम्म त पुर्याए, तर उनको उपचारमा चार लाख रुपैयाँ लाग्ने भएपछि त्यसै पर्काएका थिए ।

अत्यन्तै तीक्ष्ण क्षमताका योगेश स्थानीय सरस्वती माध्यामिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए । खुट्टा र डडाल्नोमा अपप्ठ्यारा महसुस गर्ने उनी जेठपछि विद्यालय जानै नसक्ने गरी थलिएका थिए ।

हिड्न नै नसक्ने भएपछि उनका दाजुले बोकेर विद्यालय लाने र लैजाने गर्न थालेको तस्वीर सामाजिक संजालमा आएपछि करुणा फाउन्डेसन नेपालकी दिपा कार्कीले विद्यालयमा नै पुगेर विरामीको अवस्था बुझेका थिए । पछि मेडिकल टिम र विदेशी प्रतिनिधि समेत घरमानै पुगेर योगेशको निरिक्षण गरेको थियो ।

उनीहरुकै परामर्स र रोङ गाउम्पालिकाले अपाङ्ता भएका व्यक्ति र परिवारको निशुल्क स्वास्थ्य वीमा गरिदिएको कारण योगेशको नोबेल अस्पतालसम्म लगेर जाँच गराएका थिए । अस्पतालमा भएको करिव २८ हजार खर्च आफूले तिनु नपरेको तर अब कसरी उपचार गराउने आफुहरुलाई समस्या भएको आमा निर्मलाको भनाइ रहेको समाचार प्रसारण भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार