सङ्घीय समाजवादी फाेरम प्रदेश १ काे प्रथम भेला विराटनगरमा सुरु

विराटनगर : सङ्घीय समाजवादी फोरम नेपाल प्रदेश १ को प्रथम ऐतिहासिक भेला विराटनगरमा सुरु भएको छ ।

विराटनगरस्थित अतिथि सदनमा सुरु भएको भेलाको उद्घाटन पार्टीका अध्यक्ष तथा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव गरे ।

उद्घाटन कार्यक्रममा संङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोकुमार रार्इ, उपाध्यक्षहरू युवराज कार्की, रकम चेम्जोङ, हेमराज रार्इ तथा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत समेतको सहभागिता थियो ।

बुधबारसम्म सञ्चालन हुने भेलामा पार्टीले यसअघि बनाएको लिम्बुवान, किरात, शेर्पा र मधेस प्रदेशका करिब ५ सय प्रतिनिधि सहभागी छन् । भेलाले पार्टीको १ नम्बर प्रदेश स्तरीय समिति गठन गर्नेछ ।

प्रदेश समितिको अध्यक्षका लागि ३ जना नेताहरूले दाबी गरिरहेका छन् । अध्यक्ष पदका लागि राजनितक समिति सदस्य प्रविण चाम्लिङ, केन्द्रीय सदस्य भुपेन्द्र नेम्बाङ र जुद्ध ढाक्रेको दावी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार