नेपाल प्रेस युनियन इलामको अधिवेशन सुरु

३ सञ्‍चारकर्मी र १ सञ्‍चारउद्यमी सम्मानित

  नयाँ बुलन्द
7 Shares

इलाम : नेपाल प्रेस युनियन जिल्ला शाखा इलामको आठौं जिल्ला अधिवेशन इलाम सदरमुकाममा सुरु भएको छ । जिल्ला समन्वय समितिको सभालमा सुरु भएको अधिवेशनको यो समाचार तयार पर्दासम्म बन्द सत्र संचालन भइरहेको छ ।

अधिवेशनको उद्घाटन पूर्व मन्त्री तथा नेपाली कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठले गरेका ।  उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री श्रेष्ठले राज्यले प्रेस जगतलाई अंकुश लगाउन खोजिरहेको बताउँदै त्यसका विरुद्ध डटेर सामना गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरे । उनले लोकतन्त्र र प्रेस जगत परिपूरक रहेको बताउँदै प्रेस जगतको सम्मान भएमात्र लोकतन्त्रको रक्षा हुने धारणा राखे ।

कार्यक्रममा नेपाल कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले केन्द्रीय सरकार नै संघीयतालाई असफल बनाउन लागेको आरोप लगाए । अनावश्यक कर वृद्धि गरी जनतालाई संघीयताप्रति वितृष्णा जगाउँदै दुईतिहाइको सरकारले घीयता तुहाउन लागेको आरोप लगाउँदै आङदेम्बेले त्यसका विरुद्ध पत्रकारहरु एकजुट भएर लाग्न आग्रह गरे ।

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य युवराज गौतमले सरकारले कानुन नै बनाएर पत्रकारहरुमाथि लागएको अंकुश हटाउन माग गरे । उनले त्यसका  लागि नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन एक भएर अगाडि बढिरहेको धारणा राखे ।

कार्यक्रममा नेपाली कांग्रेस इलामका सभापति हिमालय कर्माचाय, नेपाल प्रेस युनियनका मेची अञ्‍चल अध्यक्ष गोविन्द क्षेत्री, नेपाल पत्रकार महासं इलामका अध्यक्ष कोकिला ढकाल, नेपाल पत्रकार महासं पाँथरका अध्यक्ष लवदेव ढुङ्गाना, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका अध्यक्ष राम योङहाङ, नेपाल प्रेस युनियनका पूर्व इलाम अध्यक्ष विजयशेखर भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम नेपाल प्रेस युनियन इलामका अध्यक्ष तोयानाथ भट्टराईको अध्यक्षतामा भएको थियो ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने नेपाल प्रेस युनियन इलामले जनाएको छ ।

३ सञ्चारकर्मी र १ सञ्चारउद्यमी सम्मनित

नेपाल प्रेस युनियन इलामले तीन सञ्‍चारकर्मी र एक सञ्‍चारउद्यमीलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा युनियनका केन्द्रीय सदस्य युवराज गौतम, संस्थापक सदस्य एवम् नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश उपाध्यक्ष सोम सुसेली, पूर्व जिल्ला अध्यक्ष विजयशेर भट्टराई र सञ्चारउद्यमी डम्बर खड्का रहेका छन् ।

उनीहरुलाई नेपाल प्रेस युनियन इलामको आठौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा सोमबार पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठले दोसल्ला र सम्मानपत्रले सम्मान गरे । गौतम इमेज खबर, सुसेली रेडियो नेपालवाणी एफएम र भट्टराई नेपाल टेलिभिजनमा आवद्ध सञ्चारकर्मी हुन् । खड्का भने इलामबाट प्रशारित चियाबारी एफएमका सञ्चालक हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार