बरफल्याङ्गमा संचालित शिविरमा २०४ को नि:शुल्क स्वास्थ्य परिक्षण

  गोबिन्द पौडेल
0 Shares

रोङ : ‘रोङ स्वास्थ्य जागरण अभियान’ अन्तरगत रोङ गाउँपालिका वडा नम्बर २ को बरफल्याङ्गमा आइतबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।\

रोङ गाउँपालिका वडा नम्बर २ को व्यवस्थापन र रोङ स्वास्थ्य शाखाको आयोजना भएको सो शिविरमा कुल २ सय ४ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । शिविरमा महिलाहरुको सबै रोगको पहिचान र उपचार, आँखाको रोगको परिक्षण, प्रयोगशाला सेवा, जेनेरल फिजीसियन सेवा, निःशुल्क औषधि वितरण र परामर्ष सेवा उपलब्ध गराइएको थियो ।

शिविरमा डा. सुधिर शाह र डा. आशिष झालगायतको टोलीले सेवा ग्राहीहरुलाई सेवा दिएका थिए । दुई सय सेवा ग्राहीहरुलाई सेवा दिने लक्ष्य रहेको सो शिविरमा दुई सय चार जनालाई सेवा प्रदान गरिएको रोङ स्वास्थ्य शाखा प्रमुख नगेन्द्र देवले बताए ।

जसमध्ये ६९ जनाको आँखा जाँच, ३७ जनाको भीआइए पाठेघरको जाँच, एक जनालाई नरोप्लान्ट राखेको र दुई जनाले निकाल्ने सेवा र एक सय ९२ जनाको विभिन्न ल्याव टेस्ट गरिएकोमा जटिल प्रकारको रोगी कुनै फेला नपरेको प्रमुख देबले बताए ।

रोङको सबै वडाहरुमा यस प्रकारको शिविर संचालन गरि नागरिकहरुलाई स्वास्थ्य सेवा दिइने गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला राईले बताइन् । यसअघि सोही अभियान अन्र्तगत शािबार रोङ १ को जुरेभन्ज्याङ्गमा संचालित शिविरका २ सय १३ जनाले स्वास्थ्य सेवा लिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार