ट्राफिक प्रहरी पाँचथरको भवन बन्‍ने

पाँचथर : जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचरको भवन निमार्ण हुने भएको छ । भवन निर्माणका लागि शुक्रबार निर्माण समिति गठन भएको हो ।

सरोकारवालाको सर्वपक्षीय बैठकले ७ सदस्यीय निमार्ण समिति गठन गरी निर्माण समितिलाई निर्माणको जिम्मा दिएको छ । समिति सबैको अपनत्व हुनेगरी निमार्ण गरिएको छ ।

निर्माण समितिका अध्यक्षमा निर्माण व्यवसायी संघका उपाध्यक्ष दिननाथ अधिकारी, उपाध्यक्षमा मिलन गिरी, सचिव मोहन दाहाल, सहसचिव सुर्य मगर र कोषाध्यक्ष बिमला सुब्बा रहेका छन् । सदस्यहरुमा गजाधर भट्टराई, कृष्णप्रसाद मिश्र रहेका छन ।

समितिमा आवश्यकता अनुसारको ४ जना सदस्य मनोनित गर्न सकिने जनाइएको छ । पदेन सदस्यहरुमा फिदिम नगारपालिका निर्वाचित १, २ र ४ नम्बर वडाअध्यक्ष सहित ट्राफिक प्रहरी प्रमुख जनकराज तिम्सिना रहेका छन् ।

बैठकको सुरुमै पाँचथर ट्राफिक प्रहरी प्रमुख जनकराज तिम्सिनाले समस्या र भवनबारे जानकारी प्रस्तुत गरेका थिए ।

१० वर्षदेखि हालसम्म जिल्ला ट्राफिक कार्यालय फिदिम बजारभित्र भाडामा बस्दै आएको छ । फिदिम नगरपालिका १ स्थित माथिल्लोगाउँ सामुदायिक वनको १ रोपनी जग्गा नगरपालिकाले भोगचलनका लागि निःशुल्क उपलब्ध गराएको ४ नम्बर वडाअध्यक्ष प्रकास गरुङले जनाकारी दिए ।

अघिल्लो वर्षमा नगपालिकाले ५ लाख रुपैयाँ विनियोजन गरेको थियोे ।

सर्वपक्षीय बैठक प्रहरी प्रमुख नरेन्द्र कुवँरको अध्यक्षता भएको थियो । कुँवरले निर्माण् समितिले निमार्ण कार्य ढिलाई गर्न नहुने र सबै निकायले सहयोग पु¥याउन आग्रह गर्दै धन्यबाद ज्ञापन गरेका थिए ।

कुवरले यस अघिका भवन निर्माणको कामकारवाहीका विषयमा बक्यौदा राख्ने र घोटला गर्नेको छानविन गरी कावारवाही अगाडि बढाउने जनाए ।
कार्यक्रममा सहयोगी संघसंस्थाका प्रमुख, स्थानीय बुद्धिजिवी, राजनीतिक पार्टी प्रमुखलगायतको धारणासहितको उपस्थिती रहेको थियो ।
निमार्ण समितिले भवन निमार्ण पुरा गर्न स्थानीय, प्रदेश र संघीय सरकारसँग आर्थिक स्टिमेट पेश गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार