नेपाल प्रेस युनियन ताप्लेजुङ अध्यक्षमा सन्तोष

  नयाँ बुलन्द  112 पटक हेरिएको

ताप्लेजुङ : नेपाल प्रेस युनियन ताप्लेजुङ शाखाको चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा सन्तोष पुर्कुटी निर्वाचित भएका छन् । सदरमुकाम फुङलिङमा शनिबार सम्पन्न अधिवेशनले पुर्कुटीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

समितिका उपाध्यक्षमा आनन्द गौतम र इन्दिरा भण्डारी, सचिवमा सीताराम गुरागार्इं, सहसचिवमा पासाङकिपा शेर्पा र कोषाध्यक्षमा ङिमा शेर्पा निर्वाचित भएका छन् । सदस्यहरुमा रञ्जना गुरुङ, प्रदीप गुरुङ, अनिसा शेर्पा, नरनाथ भट्टराई, कुवीरमान राई, मोहन निरौला र भोमादेवी पोख्रेल निर्वाचित भएका छन् ।

अधिवेशनले केन्द्र र प्रदेश पार्षद्कोसमेत टुङ्गो लगाएको छ । प्रेस युनियनका केन्द्रीय सदस्य तथा प्रतिनिधि युवराज गौतमको उपस्थिति साथै निवर्तमान जिल्ला अध्यक्ष धर्मप्रसाद पौडेलको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो । बन्दसत्रअघि भएको उद्घाटनसत्रमा विभिन्न अतिथिले शुभकामना दिएका थिए ।

प्रमुख अतिथि तथा काङ्ग्रेस ताप्लेजुङ सभापति लीलादेवी बोखिम, नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका कार्यवाहक अध्यक्ष चन्द्र पन्धाक, पाथिभरा बहुमुखी क्याम्पसका प्राध्यापक डिल्लिरमण बराल, युनियनका संस्थापक अध्यक्ष गजेन्द्र तुम्याहाङ, पत्रकार महासङ्घ पाँचथरका पूर्वसचिव गिरिराज बाँस्कोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार