प्रेस यूनियन पाँचथरको अध्यक्षमा बाँस्कोटा र भण्डारी

  नयाँ बुलन्द  134 पटक हेरिएको

पाँचथर : नेपाल प्रेस यूनियन पाँचथरको ५ औं अधिवेशनबाट भीमकुमार बाँस्कोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

उपाध्यक्षमा नरेन्द्र रिमाल, राधा लुइटेल, सचिव सरोज शर्मा, सहसचिव ममता रिजाल तथा कोषाध्यक्षमा विष्णु अधिकारी चयन भएका छन् । सदस्यहरुमा दीपक बोहोरा, कमल घिमिरे, कृष्ण भट्टराई, भावना दुलाल, चन्द्रकला नेम्बाङ, रमेश गुरुङ, डिल्लीहाङ नेम्बाङ, रविन थापा रहेका छन् ।

केन्द्रिय प्रतिनिधीमा लवदेव ढुंगाना, विपेन्द्र गौतम, जितेन्द्र भण्डारी, एकराज भण्डारी, गिरीराज बाँस्कोटा, बिमला ढकाल, चन्द्रकुमार आङदेम्बे, आशा जवेगु चयन भएका छन् । यस्तै प्रदेश प्रतिनिधीमा लक्ष्मी गौतम, खविन लुइटेल, रामप्रसाद सापकोटा, केशव भण्डारी, नरेन्द्र शेर्मा, राजन रम्तेल, सीता वुढाथोकी, शारदा आङदेम्बे, सरला रेग्मी, अन्जु नेपाली, सँगीता सुहाङ, लक्ष्मण गजुरेल चयन भए ।

यस्तै सल्लाहकार समितीमा विपेन्द्र गौतम, लक्ष्मी गौतम र जितेन्द्र भण्डारी चयन भएका छन् । यस्तै ४ वर्षको अवधि रहेको यस कार्यकालमा अध्यक्ष पदमा भने विधानत २ वर्षपछि आलोपालो गर्नुपर्ने सहमति भएको छ । जसमा अहिले केन्द्रिय प्रतिनिधी भएका जितेन्द्र भण्डारीलाई २ वर्षपछि अध्यक्ष पद हस्तान्तरण गर्नुपर्ने सहमति भएको निर्वाचन अधिकृत चन्दन रेग्मीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार