प्याव्सन सुर्योदय अध्यक्षमा लामा

  युद्धबहादुर बोहोरा  256 पटक हेरिएको

इलाम : नीजि तथा आवसीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) सुर्योदय नगरपालिका स्तरीय प्रथम अधिवेशनबाट लाकेल लामाको नेतृत्वमा नौ सदस्यीय समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा दिनेश घिसिङ, सचिव टेकु पुलामी, कोषाध्यक्ष किशोर राई र सदस्यमा पूर्णबहादुर राई, सविता लिम्बू, खेमकुमार गुरुङ, दिपक गुरुङ, रगुन गुरुङ रहेका छन् ।

‘गुणस्तरिय शिक्षा आजको आवश्यकता सुर्योदय प्याव्सनको प्रतिबद्धता’ नारा सहित नगरपालिका भित्रका जम्मा ३१ वटा विद्यालयको सहभागीता रहेको अधिवेशनमा जिल्ला उपाध्यक्ष सगुन गुरुङको अध्यक्षता तथा सुर्योदय नगरपालिका प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि राई लगायत उपस्थित संघसंस्थाका प्रतिनिधि,बुद्धिजीवीहरुले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना राखेका थिए । समिति गठनकालागि निर्वाचन मण्डमा प्याव्सनका जिल्ला सचिव छवि लम्साल, सदस्य विकास राई र राजेश गुरुङलाई चयन गरिएको सदस्य विकास राईले जानकारी दिए ।

विविध साँस्कृतिक कार्यक्रम रहेको अधिवेशन जिल्ला सचिव ओमनाथ प्रदानले संचालन गरेको कार्यक्रम सुर्योदय तदर्थ समिति अध्यक्ष लाक्याल लामाले स्वागत मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार