किरात साम्यो हक्चात यक्चुमद्वारा आयोजित तालिम सकियो

  योगेश लावती
0 Shares

माङसेबुङ : इलामको माङसेबङमा आयोजित दुई दिने बैठक पुस्तिका लेखन, क्षमता अभिवृद्धि, योजना तर्जुमा तथा कार्यान्वयन र उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ ।

किरात साम्यो हक्चात यक्चुमको आयोजनामा भएको तालिममा इङ्जोत्लुङ पाक्षिक पत्रिकाको सम्पादक दिलवीर शेर्माले बैठक पुस्तिका लेखन, माङ्सेबुङ कृषि बहुउद्धेश्यीय सहकारी संस्थाका व्यवस्थापक चनहाङ शर्माले क्षमता अभिवृद्धि, सहसचिव निराज माबोहाङले उद्घोषण र माङ्सेबुङ गाउँकार्यपालिका सदस्य तिलरुपा सबेन्हाङले योजना तर्जुमा तथा कार्यन्वयन सम्बन्धी सहजीकरण गरेका थिए ।

तालिममा ४० जना प्रक्षिक्षार्थीहरुको सहभागी रहेको थियो । तालिम समापनको अवसरमा सहजकर्ताहरु दिलवीर सेर्मा, तिलरुपा सबेन्हाङ, चनहाङ शर्मालाई किरात साम्यो हक्चात यक्चुम खेलकुद समितिको तर्फबाट सम्मान पत्रले सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा प्रशिक्षार्थी बाईसकुमार राईले यस्ता कार्यक्रमले युवाहरुलाई प्रोत्साहन र क्षमता अभिवृद्धिमा समेत टेवा पुगेको बताएका थिए ।

किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङ्बुहाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव निराज माबोहाङले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार