माबुमा ‘जनतासँग न्यायाधीस’ कार्यक्रम

  नयाँ बुलन्द
0 Shares

इलाम : स्थानीय नागरिकलाई नयाँ बनेको कानुनको बारेमा जानकारी दिने उद्देश्यले इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर ४ माबुमा ‘जनतासँग न्यायाधीस’ कार्यक्रम सञ्चालन गरिएको छ । मानव अधिकार तथा सामुदायिक विकास प्रतिष्ठान ‘हुकोडन’ इलामले शनिबार एक दिने कार्यक्रम सञ्चालन गरेको हो ।

न्यायाधीस र जनताबीच साक्षात्कार गरी अन्तरक्रिया गरिएको कार्यक्रममा सामुदायिक मेलमिलापकर्ता, न्यायिक समितिका सदस्य तथा सरोकारवालासहित ८० बढि स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रममा सन्दकपुर गाउँपालिकाका मेलमिलापकर्ता र स्थानीयले न्यायाधीसलाई कानुन र अदालतको कार्यविधिका सम्बन्धी विभिन्न प्रश्‍न गरेका थिए । स्थानीयको प्रश्‍नको जवाफ जिल्ला न्यायाधीस इन्द्रबहादुर चोङटेङली राई, जिल्ला सरकारी वकिल कार्यालयका सरकारी वकिल ऋद्धिनाथ निरौला, जिल्ला अदालतका श्रेष्तेदार निरज पोखरेललगायतले दिएका थिए ।

सन्दकपुर गाउँपालिका न्यायिक समितिकी संयोजक शोभा पराजुलीको अध्यक्षता र जिल्ला न्यायाधीस चोङटेङली राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथी सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राई थिए ।

कार्यक्रम सन्दकपुर गाउँपालिकाको व्यवस्थापनमा भएको ‘हुकोडन’ का भरत अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार