विषाक्त रक्सीबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ८ पुग्यो

अस्पतालबाट फर्किएका बिरामी भन्छन्– अब त रक्सी छुन्‍न

  रामचन्द्र नेपाल
0 Shares

मलेसिया : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ८ पुगेको छ । यसअघि विषाक्त मदिरा सेवनबाट ६ जनाको ज्यान गएकोमा थप दुईको उपचारका क्रममा मृत्यु भएको हो ।

मलेसियास्थित नेपाली राजदूतावासका अनुसार उपचारका क्रममा ज्यान गुमाउनेमा देउराली–८, नवलपरासीका दुर्गा राना र वागमती नगरपालिका–८, सर्लाहीका शंकर ठकुरी छन् । रानाको सुगाईवुला र ठकुरीको सेरेम्वान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अवैधानिक अवस्थामा रहेका ठकुरीले अस्पतालमा उपचार गराउँदा सुवास भण्डारीको परिचय दिएका भए पनि उनको खास नाम शंकर ठकुरी रहेको उनका एक आफन्तले बताए ।

यसैबीच, विभिन्न अस्पतालमा उपचार गराइरहेका १२ मध्ये चार जनाको अवस्था अझै छ गम्भीर छ । दूतावासका अनुसार सात जनाको स्वास्थमा भने सुधार भएको छ ।

सेरेम्वान अस्पतालमा उपचारपछि एक नेपाली भने फर्किएका छन् । ती नेपालीले नाम उल्लेख नगर्ने सर्तमा अब रक्सीको नाम पनि नलिने बताए । अनलाइखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार