सरस्वतीको सामाजिक परिक्षणको प्रतिबेदन सार्वजनिक

  गोबिन्द पौडेल
0 Shares

रोङ : इलामको रोङ गाउँपालिका वडा नम्बर ६ जिर्मले स्थित सरस्वती माध्यामिक विद्यालयले गत आर्थिक वर्ष २०७४÷०७५ को सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।

विद्यालयले ६८ लाख ५५ हजार चौसठी रुपैयाँ रकम प्राप्त गरि ६५ लाख २३ हजार दुई सय पचासी रुपैयाँ रकम खर्च गरेको लेखा विवरण सार्वजनिक गरेको हो ।

सो विद्यालय माध्यमिक तहको एउटा मात्र दरबन्दीमा मावि तहसम्म सञ्चालित छ । विक्रम सम्बत् २०१४ सालमा प्राथामिक तह संचालन गर्ने गरी सो विद्यालय स्थापना भएको थियो । २०५१ देखी निम्न माध्यामिक तहको अध्ययन सुरु गरेको सो विद्यालयले २०६५ देखी माध्यामिक तहको समेत कक्षा सञ्चालन गर्दै आएको छ अभिभावकले निजी श्रोतको शिक्षक राखेर विद्यालय सञ्चालन गरिरहेका छन् । छोराछोरी पढाउन नजिकमा अर्को विद्यालय नभएको कारण अभिभावक बाध्यता परेका छन् ।

९४ छात्रा र ९९ छात्र गरी १९३ जना विद्याथी अध्ययनरत सो विद्यालयमा खेलमैदान समेत छैन । पढाईको स्तर पनि सामान्य मात्र छ । नतिजा पनि सन्ताषजनक मात्र छ । तल्ला तहका शिक्षकहरुको भरमा माथिल्लो कक्षा चलाउनुपरेको हुनाले नतिजा समत सन्तोषजनक रहेको प्रधानाध्यापक डुकराज पौडेल स्वीकार्छन् ।

विद्यालयले गत आर्थिक वर्षमा वहुतले चारकोठे भवन निमार्ण सम्पन्न गरिसकेको भएपनि अन्य भनव जीर्ण छन् । जीर्ण भवनको मर्मत गनुपर्ने, घेरावारा र जग्गा धनी पूर्जा प्राप्तिको कार्य अगाडि बढाउनुपर्ने भएको शिक्षक अभिभावक संघका अध्यक्ष तथा सामाजिक परिक्षण समितिको संयोजक सोम चाम्लिङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार