मेयरको हर्कत,नगरपालिकाको गाडी बिवाहमा प्रयोग

चितवन : सार्वजनिक सम्पत्तिको चरम दुरुपयोग स्वयं मेयरले नै गर्छन् भने त्यसलाई के भन्ने ? अनि सार्वजनिक सम्पत्तिको खुलेआम दुरुपयोग हुँदा समेत प्रशासन रमिते हुन्छन् भने त्यसलाई चाहिँ के भन्ने ? जनताले तिरेको करबाट लिएको सेवा सुविधाको एक नगरपालिकाले चरम दुरुपयोग गर्ने गरेका छन् ।

घटना गएको असोज ३ गते मंगलबार संबिधान दिवसका दिनको हो । उक्त दिन नेपाल सरकारले देशैभर नै सार्वजनिक बिदा दिएको थियो । तर, राप्ती नगरपालिकाकी मेयर प्रभा बराल र उपमेयर इमानसिहं लामाले कानुनको धर्ज्जी उडाउदै नगरपालिकाको सवारीसाधन चरम रूपमा दुरुपयोग गरे ।

अरुलाई सरकारी सम्पत्तिको दुरुपयोग गर्नु हुन्न भनी पाठ पढाउनुपर्ने स्वयं मेयर साबहरु नगरपालिकाकै एक कर्मचारीको छोरीको विवाह भएको भन्दै मंगलबार रत्ननगरस्थित एक बिवाह घरमा सरकारी गाडी नै लिएर पुगेका हुन ।

सामान्यतः कुनै पनि सरकारी सवारीसाधन सार्वजनिक बिदाको दिन बाहेक अन्य समयमा चलाउन पाइदैन, यदी चलाउनु नै पर्ने कुनै अत्यावश्यक काम भए सम्बन्धि प्रशासनसमक्ष अनिर्वाय रूपमा पास लिनु पर्ने हुन्छ । तर, पुर्वी चितवनको राप्ती नगरपालिका का मेयर, उपमेयर साहेब त्यस्को कुनै प्रवाह नै गर्दैनन् ।

 मेयर प्रभा बरालले बा. २. झ. २६२९ र उपमेयर लामाले बा. २. झ. ३६६६ नम्बरको गाडी लिएर उक्त बिहे घरमा गएका हुन् । यस्ले गर्दा पनि सरकारी सवारीसाधनको दुरुपयोग हुने क्रम अझै नरोकिएको स्पष्ट हुन्छ । नियमानुसार नगरपालिकाको उक्त गाडी कार्यालय प्रयोजनको लागी मात्रै प्रयोग गर्न पाइने स्पष्ट व्यवस्था भए पनि मेयरले कानुनको धोती लगाउदै बिवाहमा प्रयोग गर्ने गरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार