बलात्कार अभियोगमा इलामका गुरुङ पाँचथरबाट पक्राउ

  युद्धबहादुर बोहोरा  980 पटक हेरिएको

पाँचथर : बालिका ‍बलात्कार गरेको अभियोगमा फरार रहेका इलामका एक व्यक्ति पाँचथरबाट पक्राउ परेका छन् । इलाम श्रीअन्तुका अन्दाजी ५० वर्षीय विनोद गुरुङ पाँचथरको फाल्गुनन्द-५ को याम्बाबुङ्ग भन्ने ठाँउबाट शुक्रबार विहान ११ बजे पक्राउ गरेको प्रहरी चौकी फाक्तेपका इन्चार्ज पेलेङसिह धिमालले जानकारी दिए ।

पक्राउ परेका गुरुङलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको फाक्तेप प्रहरी चौकीले जनाएको छ । गुरुङले मंगलबार साँझ ५ बजे घाँस काट्न  जङ्गल गएको बेला पाँचथर हिलिहाङ्ग गाउँपालिका-१ की एक बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार