चिया मजदुरले पाएनन् न्यूनतम पारिश्रमिक

  प्रकाश नेपाल \रविन भट्टराई
0 Shares

इलाम/ झापा : सरकाले चिया बगानमा काम गर्ने चिया मजदुरको न्यूनतम पारिश्रमिक तोकेको दुई महिना बितिसक्दा पनि तोकिएको पारिश्रमिक नपाएको भन्दै मजदुरले गुनासो गरेका छन् ।

तर व्यावसायी भने तोकिएको ज्याला दिन आनाकानीमात्र गरिरहेका छैनन्, बरु ऐन नै खारेज हुनुपर्ने धारणा राखेका छन् ।

सरकारले साउन १ गतेदेखि लागू हुने गरी चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत पारिश्रमिक तोकेको थियो । जसअनुसार आधाभूत पारिश्रमिक र महँगी भत्ता गरी मासिक १० हजार ७ सय ८१ रुपैयाँ पाउनुपर्ने भनेर तोकिएको छ । त्यस्तै दैनिक पारिश्रमिक ३ सय ८५ र प्रतिघण्टाको पारिश्रमिक ५१ रुपैयाँ रहनुपर्ने प्रावधान राखिएको छ ।

यो नियम लागू भएको दुई महिना बितिसक्यो तर प्रदेश १ का चिया मजदुर भने तोकिएको पारिश्रमिक पाउन नसकेको गुनासो गरिरहेका छन् ।

चिया बगानका मालिकले नियम पालना नगरेको भन्दै नियम लागू गर्नुपर्ने माग राखी मजदुर आन्दोलित छन् ।

यस्तै, उनीहरुले सरकारले लागू गरेको पारिश्रमिकसहितको सेवा सुविधा बैंकबाट दिनुपर्ने, सञ्चयकोष र बर्षको २६ दिन बिदा हुनुपर्ने लगायतका माग पनि राखेका छन् ।

उसो त यसअघि उनीहरुले मेची र कोशीअन्तर्गतका जिल्ला प्रशासनको कार्यालयमा पुगेर चिया सञ्चालकको अनियमितताबारे ध्यानाकर्षण नगराएका पनि होइनन् । तर कुनै सुनुवाइ नभएपछि उनीहरु आन्दोलन गर्न बाध्य भएका हुन् ।

उता, चिया बगान सञ्चालक भने श्रम ऐन अनुसार मजदुरलाई पारिश्रमिक दिने अवस्था नरहेको र सोअनुसार पारिश्रमिक दिए चिया बगान सञ्चालन गर्नै नसकिने भएकोले ऐन नै खारेज गर्नुपर्ने धारणा राख्छन् ।

तर सञ्चालकको यस्तो धारणाले मजदुरहरु मारमा परेकामात्रै छैनन् सरकारी नियमको समेत उपहास भइरहेको छ । अन्य क्षेत्रका श्रमिकका तुलनामा निकै कम ज्याला तोकिनु र त्यसमाथि तोकिएको पारिश्रमिक पनि नदिनु आफैँमा अन्यायपूर्ण र अनुचित छ ।imagekhabar बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार