४० वर्षपछि धनकुटाको याक्ते गाउँमा सडक पुग्यो

  नयाँ बुलन्द  63 पटक हेरिएको

धनकुटा  : नगरपालिका घोषणा भएको ४० वर्षपछि धनकुटा नगरपालिका वडा नं. ८ स्थित याक्ते गाउँमा बल्ल सडक पुगेको छ ।

अल्पसंख्यक आठपहरीया जाती मात्र बस्दै आएको यो गाउँमा यसअघि सडक पुग्न सकेको थिएन ।

नगरपालिकाले धनकुटा वडा नं. ७ स्थित बसपार्कदेखि घुमाउने चौतारा, टेकुनाला, याक्ते सान्ताङ हुँदै त्रिवेणी चोकसम्म जोडिने रिङरोड निर्माण गरेपछि यो विकट गाउँमा पनि सडक पुगेको हो ।

चुलिबनभन्दा मुनी भिरको बीचमा रहेको यो गाउँमा करिव २५ जना आठपहरीया मात्र बस्दै आएका छन् ।

चालू आर्थिक वर्ष ०७४/७५ मा २१ लाख रुपैयाँ विनियोजन गरेर सडक निर्माण गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार