असोज ३ लाई कालो दिनको रुपमा मनाउन ७ जातीय संस्थाको अपिल

काठमाडौं : विभेदकारी संविधान जारी भएको दिन भन्दै विभिन्न सात आदिवासी जनजातिजन्य संस्थाहरुले असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउन अपिल गरेका छन् ।

ती संस्थाका प्रतिनिधिहरुले मंगलबार संयुक्त प्रेस विज्ञप्ती जारी गरी सविधान संसोधनमार्फत आदिवासी जनजातिहरुको पहिचान र अधिकारका मुद्धाहरु सम्बोधन नभएसम्म संविधान दिवसमा सहभागिता नजनाउन नेपाल आदिवासी जनजाति महासंघसहित जातीय संस्थाका प्रतिनिधिहरुले अपिल गरेका हुन् ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम, तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङ, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, थारु कल्याणकारिणी सभाका कार्यबाहक अध्यक्ष प्रेमीलाल चौधरी, नेवा देय दबूका अध्यक्ष नरेश ताम्राकार, नेपाल मगर संघका अध्यक्ष नविन रोका मगर, किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेम लिम्बू र नेपाल शेर्पा संघका वरिष्ठ उपाध्यक्ष लाक्पा शेर्पाले संयुक्त प्रेस विज्ञप्ती जारी गरी अपिल गरेका हुन् ।

जनजाति महासंघमा आवद्ध प्रमुख घटक किरात राई यायोक्खाका प्रतिनिधिको नाम भने विज्ञप्तीमा छैन ।

विज्ञप्‍ती :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार