जर्मन विद्यार्थीद्वारा शैक्षिक सामग्री हस्तान्तरण

  नरेन इलामेली
7 Shares

माइजोगमाई : जर्मनीको हाइड्रनवर्ग युनिभर्सिटीका विद्यार्थीहरुले इलामको माइजोगमाई गाउँपालिका १ लप्सीबोटेस्थित शारदा आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गरेका छन् ।

सुनगाभा विकास संस्थाको पहलमा पिएसडी नेपाल काठमाडौं अन्तर्गत शान्तिदीप महिला कृषक समुहको सामुदायिक भवन निर्माणका लागि सहयोग गर्न माइजोगमाई आइपुगेका जर्मन विद्यार्थीहरुले शारदा आधारभूत विद्यालयलाई पनि शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

मंगलबार उनीहरुले आफैं विद्यालय पुगरे करिब ३५ हजार मुल्य बराबरको ७ थान सेतो पाटी( वाइट बोर्ड), एक दर्जन मार्कर र एक बट्टा मार्करमा प्रयोग हुने मसी  विद्यालयका  प्रधानाध्यापक मदन घलेलाई हस्तान्तरण गरेका गरेका हुन् ।

आफ्नो देशमा रहँदा, चिया कफी बेचेर तथा आफ्नो दैनिक खर्च कटौती गरेर  जम्मा गरेको केही रकमले नेपालको ग्रामिण क्षेत्रमा आएर सहयोग  गर्न पाएकोमा आफूहरुलाई खुसी लागेको उनीहरुले बताएका छन्। केही दिन अगाडि विद्यालयमा कक्षा संचालन गर्न आउँदा कालोपाटी प्रयोग भएको देखेपछि स्वतस्फूर्त रुपमा आफुहरुले सहयोग गरेको उनीहरुले बताए ।

विद्यालयमा सेतोपाटी प्राप्त भएपछि  चक डस्टर चलाउनु पर्ने बाध्यता अन्त्य भएको र विद्यालय कालोपाटी मुक्त भएको विद्यालयका प्रधानाध्यापक मदन घलेले बताए। साथै सेतोपाटीले  विद्यार्थीहरुलाई लेखेको अक्षर प्रष्ट बुझ्न र शिक्षकहरुलाई पढाउन समेत सहज हुने प्रधानाध्यापक घलेको विस्वास रहेको छ ।

विद्यालयले जर्मन विद्यार्थीहरुको यो महान कार्यको उच्च मुल्याङ्कन गर्दै उनीहरुलाई सम्मान सहित नेपाल बसाई एकदम सुखद रहोस र उज्बल भविष्यको कामना गर्दै हार्दिक धन्यवाद ब्यक्त गरेको छ ।

सोहि विश्वविद्यालयका विद्यार्थीहरुको ४ लाख रुपैयाँ सहयोगमा माईजोगमाई १ लप्सीबोटे स्थित शान्तिदीप महिला कृषक समुहको सामुदायिक भवन समेत निर्माण भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार