टिभिएसको नयाँ स्कुटर बजारमा

  नयाँ बुलन्द  691 पटक हेरिएको

इलाम : टिभिएस कम्पनीको नयाँ स्कुटर वजारमा आएको छ । एनटर्क १२५ सिसिको स्कुटर भर्खरैबाट वजारमा आएको हो । हालसम्म वजारमा आएका स्कुटर भन्दा फरक विशेषता यसमा रहेको वताइएको छ ।

काठमाण्डौमा नाडा अटो सो मा प्रदर्शमा रहेको स्टुटर इलाममा समेत विक्रि वितरणन सुरु भएको छ । आकर्षक चार रङमा उपलब्ध यस स्कुटरमा ब्लुतुथ कनेक्सन रहेकाले पनि मोवाइलमा देखिने सवै स्कुटरको डिजिटल स्कृनमा देखिने वताइएको छ ।

अन्य स्कुटर भन्दा धेरै सुविधा यसमा रहेको वताइएको छ । जिपिआरएस सुविधा, पाट्स लाइटको सुविधा, इञ्जिन किल स्वीज र टेंकीमा रिजर्व देखिने आन्य स्कुटरमा नरहेको इलामका लागि आधिकारिक विक्रेता पडजि ट्रेड इलामका प्रोप्राइटर दिलिप पौडेलले वताए । रेसिङ स्कुटर भएकाले पनि वजारमा विक्रिका लागि असहज नभएको उनको भनाई छ ।

पहाडको सडकमा आरामदायी र सजह यात्राका लागि पनि यस स्कुटर ग्राहकको चाहाना वन्ने प्रोप्राइटर पौडेलको भनाई छ । विक्रि खुल्ला भएकै दिन इलामबाटै कतीन वटा स्कुटर विक्रि भएको उनले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार