महिला हिंसाका विषयमा संवेदनशील हुनुपर्छ : थापा

  नयाँ बुलन्द  80 पटक हेरिएको

चितवन : तीन नम्बर प्रदेश प्रहरी कार्यालयका डिआइजी दीपक कुमार थापाले देशभर भइरहेको महिला हिंसाका विषय प्रति दु:ख ब्यक्त गर्दै सुरक्षाको मामिलामा चनाखो हुनका साथै संवेदनशील बन्नका निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षणका क्रममा निर्देशन दिँदै उनले कुनै पनि आपराधिक घटनामा नचुक्नका लागि प्रहरीलाई कडा निर्देशन दिएका हुन् । साथै, उनले प्रहरीको आचरण र व्यवहारमा पनि सुधार ल्याउनुपर्ने बताएका छन् ।

आम जनतालाई विश्वास दिलाउने गरी काम गर्नुपर्ने भन्दै डिआइजी थापाले प्रहरीप्रति नागरिकको विश्वासलाई घट्न दिन नहुने बताए । हालका डिआइजी थापा ७ वर्षअघि चितवन जिल्लाका प्रहरी प्रमुख एसपीका रूपमा रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार