‘असाेज ३ कालाे दिन’ मनाउन जनजाति महासंघकाे अपिल

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : नेपाल आदिवासी जनजाति महासंघले ‘नेपालको संविधान’ जारी भएको दिन असोज ३ गते कालो दिनको रूपमा मनाउन अपिल गरेको छ ।

महासंघका अध्यक्ष जगत बरामले वर्तमान संविधान आदिवासी जनजातिको हितमा नभएकाले संविधान जारी भएको दिनमा संविधान दिवस मनाउन नहुने भन्दै कालो दिनको रूपमा मनाउन अपिल गरेका हुन् । उनले गत २९ भदौमा नै प्रेस विज्ञप्ती जारी गरी अपिल गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ,  ‘संविधान जारी भएको दिन असोज ३ गतेलाई आदिवासी जनजातिलगायत सम्पूर्ण उपेक्षित, उत्पीडित जाति समुदायमाथि धोकाधडी, षड्यन्त्र, जालसाजी र पुनः विभेद भएको दिनको रुपमा आदिवासी जनजाति आन्दोलनले लिएको पुनःस्पष्ट पार्दछौं । नेपालको आदिवासी जनजाति आन्दोलनको एक मात्र नेतृत्वदायी संस्था नेपाल आदिवासी जनजाति महासंघको संविधान प्रतिको अस्वीकार्यता तथा असन्तुष्टि कायमै रहेको छ, त्यो भनेको नेपालको आदिवासी जनजाति आन्दोलनको असन्तुष्टि कायमै छ । तसर्थ, संविधान संशोधनमार्फत आदिवासी जनजाति आन्दोलनको पहिचान र अधिकारका मुद्दाहरू सम्बोधन नहुञ्जेल संविधान जारी भएको दिन असोज ३ गते कुनै पनि कार्यक्रमहरू गरेर नमनाउन र यदि कुनै कार्यक्रम गर्न गएको खण्डमा आदिवासी जनजातिमाथि संविधानबाट पुनः विभेद भएको दिनको रुपमा कार्यक्रमहरू गर्न गराउन यस महासंघसम्बद्ध सम्पूर्ण आदिवासी जनजातीय सदस्य संगठनहरू, प्रदेश, जिल्ला र स्थानीय गाउँ, नगर समन्वय परिषद्हरू, विदेश शाखाहरू, सम्बन्धन संगठनहरूलगायत आदिवासी जनजातिका क्षेत्रमा क्रियाशील सम्पूर्ण संघसंस्थाहरूलाई विशेष आग्रह सहितको जानकारी गराउँदछौं ।’

विज्ञप्ती

सार्वजनिकबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार